सिटिजन्स बैंकले एकै पटक दुई नयाँ शाखा सञ्चालनमा ल्यायो, ८४ वटा पुग्यो

बिजमाण्डू
२०७६ असोज १५ गते १४:२० | Oct 2, 2019
सिटिजन्स बैंकले एकै पटक दुई नयाँ शाखा सञ्चालनमा ल्यायो, ८४ वटा पुग्यो


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकै पटक दुई नयाँ शाखा थपेको छ। बैंकले काठमाडौँको लामबगर र सिनामंगलमा सञ्चालनमा ल्याएको हो। बैंकको शाखा संख्या ८४ पुगेको छ।

Tata
GBIME
Nepal Life

शाखाहरू मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गरिने बैंकले जनाएको छ। 

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु उपलब्ध हुने छन्।

बैंकका ७९ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु छन्।