सिन्धु विकास बैंकको चितवनमा मात्रै चौथो शाखा, ‘तीब्र विकासमा लम्किएकोले चितवन केन्द्रमा’

बिजमाण्डू
२०७६ असोज १५ गते ११:०७ | Oct 2, 2019
सिन्धु विकास बैंकको चितवनमा मात्रै चौथो शाखा, ‘तीब्र विकासमा लम्किएकोले चितवन केन्द्रमा’

Tata
GBIME
Nepal Life

काठमाडौं। सिन्धु विकास बैंकले चितवनको नारायणगढ बजारमा शाखा खोलेको छ। नारायणगढ शाखा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले उद्घाटन गरे। बैंकको चितवनमा यो चौथो शाखा हो। यसअघि बैंकले टाँडी, विकास चोक र पर्सामा शाखा खोलिसकेको छ। बुधबारनै बैंकले चितवन भरतपुरको लाहुरे चोकमा समेत शाखा खोल्दैछ।

सो अवसरमा बैंकका अध्यक्ष श्रेष्ठले विकासमा तीब्र गतिमा लम्किएको चितवनमा शाखा खोल्न पाउँदा खुशी लागेको बताए। उनले नारायणगढ क्षेत्रको उद्योगी व्यवसायीको निक्षेप र कर्जा परिचालन गरेर आर्थिक विकासमा सघाए पुर्याउने दाबी गरे।

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रमोद न्यौपानेले बैंकले आफ्नो सेवा विस्तारलाई मूख्य केन्द्रमा राखेर काम गर्दै आएको बताए। बैंकले केही महिनाभित्रै चितवनको चनौली र मकवानपुरको हेटौडा बजार शाखा खोल्दैछ। बैंकको प्रधान कार्यालय बाह्रविसे र कर्पोरेट कार्यालय बनेपामा छ।

बैंकको मेलम्ची, खाडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, नारायणगढ गरी कुल १९ शाखा पुगिसकेको छ।