प्रोग्रेशिभ फाइनान्सको नयाँ शाखा प्रदेश २ को धनुषामा, उपत्यकाबाहिरको तेस्रो शाखाबाट कारोबार

बिजमाण्डू
२०७६ असोज १४ गते १७:०१ | Oct 1, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं. २ को धनुषास्थित सबैला नगरपालिकामा उपत्यका बाहिरको आफ्नो तेस्रो शाखा शुभारम्भ गरेको छ ।

सबैला नगरपालिकाका मेयर विजय शंकर प्रसाद साहले बैंकको नयाँ शाखा उद्घाटन गरे। चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ रहेको फाइनान्सले काठमाडौंको तिनकुनेमा कर्पोरेट कार्यालय छ।

न्यूरोडमा मूख्य शाखा सहित चारवटा शाखा र ललितपुरको पूल्चोक, महालक्ष्मीस्थान, काठमाडौंको तीनकुने तथा भक्तपुरको थिमिमा एक्सटेन्सन काउण्टर मार्फत  बित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

फाइनान्सले निकट भविष्यमा धनुषा जिल्लाको महेन्द्रनगर र सर्लाहीको मलंगवामा नयाँ शाखा संचालनमा ल्याउने योजना रहेको फाइनान्सका अध्यक्ष किशोर कुमार महर्जनले बताए।