सिटिजन्स बैंकको इन्टरनेट बैंकिङ सेवा विस्तार, ‘एक्सप्रेस बैंकिङ’बाट हवाई टिकट समेत किन्न मिल्ने

बिजमाण्डू
२०७६ असोज १४ गते १६:५४ | Oct 1, 2019


काठमाडौं। सिटिजन्स बैंकले एक्सप्रेस बैंकिङ इन्टरनेट बैंकिङ सेवा विस्तार गरेको छ।

Tata
GBIME
Nepal Life

हाल कायम रहेको इन्टरनेट बैंकिङमा अन्तरबैंक रकम स्थानान्तरण, विद्युत महशुल भुक्तानी, केवल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिद लगायतका सुविधा थप गरिएको छ।

यस अगावै “एक्सप्रेस बैंकिङ” मार्फत स्टेटमेण्ट हेर्न, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिने सुविधा उपलब्ध थियो ।

यसै क्रममा पुरानो इ–बैंकिङ्ग सेवा प्रयोग गरेका ग्राहकले बैंकको कुनै पनि शाखा कार्यलयहरुमा सम्पर्क गरी, नयाँ ई–बैंकिङ्ग सेवाको लगइन एंव पासवर्डलिन सक्ने बैंकले जानकारी दिएको छ।

यो सेवाबाट उपभोक्ताले घरमै वसिबसि विभिन्न सुविधाहरु उपभोग गर्न सक्ने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।