अर्थमन्त्रीले लघुवित्तको उद्घाटन गर्न नमानेपछि बामदेवको पावर, अधिकांस लगानीकर्ता नेकपाका

बिजमाण्डू
२०७६ असोज १३ गते १४:४२ | Sep 30, 2019


काठमाडौं। बैंकका शाखा कार्यालय र लघुवित्त वित्तीय संस्थाहरुको उद्घाटनमा जान नरुचाउने अर्थमन्त्री डा. खतिवडाले सोमबार काभ्रेको पनौतिमा रहेको अभियान लघुवित्त वित्तीय संस्थाको उद्घाटन गरेका छन्। 

Tata
GBIME
Nepal Life

सुरुमा उद्घाटनका लागि जान नमानेका खतिवडा लगानीकर्ताको रुपमा रहेका नेकपाका बामदेव गौतमले प्रधानमन्त्रीमार्फत पावर लगाउनु परेको थियो। खतिवडाले राजधानीको एक कार्यक्रममा आफू गभर्नर हुँदा मुस्किलले केही शाखाको उद्घाटन गरेको भन्दै राष्ट्र बैंक नेतृत्वको आलोचना गरेका थिए।

कार्यक्रममा पुर्व कृषि मन्त्री हरिप्रसाद पराजुली, नेकपाका संसाद गंगाबहादुर तामाङ, बीमा समितिमा पुर्व अध्यक्ष फत्तबहादुर केसी लगायतको उपस्थिति थियो।

नेकपा निकटकै प्रमुख लगानी रहेको लघुवित्तको उद्घाटनमा खतिवडा लगभग एक घण्टा मात्रै उपस्थिति जनाए। लगभग २१ मिनेट मन्तव्य दिएर उनी तत्काल काठमाडौं फर्किए।