श्रीको टर्बोप्रोपको परीक्षण उडान आज हुने, परीक्षण उडान सफल भएमा एओसी पाउने

बिजमाण्डू
२०७६ असोज १३ गते १०:४१ | Sep 30, 2019
श्रीको टर्बोप्रोपको परीक्षण उडान आज हुने, परीक्षण उडान सफल भएमा एओसी पाउने


Tata
GBIME
Nepal Life

काठमाडौं। निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सको टर्बोप्रोप जहाजको परीक्षण उडान सोमबार हुने भएको छ।

कम्पनीले ल्याएको बम्बार्डियर कम्पनीको टर्बोप्रोप जहाजमार्फत काठमाडौं-भैरहवा-काठमाडौं परीक्षण उडान गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 'कम्पनीको परीक्षण उडान सफल भएमा एओसी दिनेछौँ। त्यसका आधारमा कम्पनीले नियमित उडान गर्न पाउने छ।' प्राधिकरणका एक कर्मचारीले भने।

परीक्षण उडानमा प्राधिकरणको हवाई सुरक्षा विभाग अन्तर्गत प्रोजेक्ट म्यानेजर, क्याविन क्रु, सेक्युरिटी, एयर वर्दिनेस विभागका कर्मचारी, कम्पनीका प्राविधिक जनशक्ति लगायतको सहभागिता रहने छ। 'परीक्षण उडानमा सहभागी सबै जनशक्तिको मूल्यांकनका आधारमा कम्पनीको जहाजले एओसी पाउँछ', ती कर्मचारीले भने।

प्राधिकरणका अनुसार श्रीले टर्बोप्रोप जहाज उडानका लागि पोल्याण्ड र क्यानडाबाट इन्सट्रक्टर पाइलट(आइपी) ल्याइसकेको छ। कम्पनीले ल्याएको ७८ सिटे टर्बोप्रोब (क्यू-४००) जहाजमार्फत पोखरा, भरतपुर, सिमरा, जनकपुर लगायत गन्तब्यमा नियमित उडान गर्ने योजना बनाएको छ।