घटस्थापनादेखिनै नेपाल टेलिकमको अफर, फोरजी सीम परिवर्तन गर्दा शुल्क नलाग्ने, बोनस सप्तमीदेखि

बिजमाण्डू
२०७६ असोज १२ गते २०:३५ | Sep 29, 2019
घटस्थापनादेखिनै नेपाल टेलिकमको अफर, फोरजी सीम परिवर्तन गर्दा शुल्क नलाग्ने, बोनस सप्तमीदेखि

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल टेलिकमले दशैंका लागि घटस्थापनादेखिनै फोरजी र अन्य सेवामा विशेष छुट योजना ल्याएको छ।

टेलिकमको फोरजी सीम परिवर्तन गर्दा कुनै शुल्क नलाग्ने विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार पहिलो पटक फोरजी नेटवर्कमा रजिष्टर हुने ग्राहकले दुई दिनको समयसहितको दुई सय एमबि डाटा बोनस पाउनेछन्।

 टुजी र थ्रिजी नेटवर्कमा सीमा चलाइरहेका ग्राहकले *४००#  डायल गरेर फोरजी नेटवर्कमा आवद्ध हुन सक्ने टेलिकमले जनाएको छ। पोष्टपेड र प्रिपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराउने टेलिकमले जनाएको छ।

असोज १८ गतेदेखि बोनश

टेलिकमले असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गर्ने भएको छ। यो योजनामा ५०, १०० र २०० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत बोनश दिने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार पाँच सय र एक हजार रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस पाइनेछ। दुई सय रुपैयाँसम्मको बोनस तीन दिन भित्र र पाँच सय र एक हजार रुपैयाँको बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्ने टेलिकमले जनाएको छ।

एमपोसबाट १० रुपैयाँदेखि ४ सय ९९ रुपैयाँसम्मको रिचार्ज गर्दा १० प्रतिशत र पाँच सय  भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध टेलिकमले जनाएको छ।