सात प्रदेशको ६० ठाउँमा एक बाणिज्य बैंकले माग्यो कर्मचारी, कम्तिमा स्नातक उत्तिर्ण हुनुपर्ने

बिजमाण्डू
२०७६ असोज १ गते १०:३४ | Sep 18, 2019


काठमाडौं। एक बाणिज्य बैंकले सातै वटा प्रदेशको ६० स्थानमा कर्मचारी माग गरेको छ। बैंकले जुनियर असिस्टेन्ट माग गरेको हो। यसका लागि स्नातक उत्तिर्ण हुनु पर्ने छ।

Tata
GBIME
Nepal Life

बैंकले प्रदेश नम्बर १ को विराटनगर, विर्तामोड, विराटचोक, बुधबारे, धरान, दिक्तेल, इटहरी, खाँदबारी र उर्लाबारीका लागि कर्मचारी माग गरेको छ।

प्रदेश नम्बर २ को अमलेखगञ्ज, वीरगञ्ज, छिनामस्ता, गौर, गढिमाइ, जनकपुर, कालिकामाइ, मिर्चैया, लाहान र निजगढमा कर्मचारी माग गरेको छ। 

प्रदेशन नम्बर ३ को हेटौंडा, गल्छी, इन्द्रसरोबर, खनियाबास, लङ्कु, नारायणगढ, पर्सा, प्रगतिपथ, राकसिराङ, तिनपाटन, तातोपानी, बनेपा, पनौती र टिमुरेका लागि कर्मचारी माग गरेको छ। यसैगरी प्रदेश नम्बर ४ मा वागलुङ, बेनी, दमौली, खैरेनीटार, पोखरा र सुन्दरबजारका लागि कर्मचारी माग भएको छ।

बैंकले प्रदेश नम्बर पाँचमा वर्दघाट, वुटवल, भैरहवा, देवदह, इस्मा, मालिका, परासी, सन्धिखर्क, तम्घाँस, भालुवाङ, विजुवार, घोराही, गुलेरिया, कोहलपुर, नेपालगञ्ज, राजापुर र तुल्सीपुरमा कर्मचारी माग गरो छ। 

प्रदेश नम्बर ६ को दैलेख, जुम्ला, पटरासी, सुर्खेतमा कर्मचारी माग गरेको छ। प्रदेश नम्बर सातको अत्तरिया, वेलौरी, डडेल्धुवरा, धनगढी, लम्की, टिकापुरमा कर्मचारी माग गरेको छ। 

आवेदन ग्रोथसेलरको वेवसाइटमा गएर दिनु पर्ने छ। कुन बैंकले कर्मचारी माग गरेको हो खुलाइएको छैन।