मोबाइलको पल्सरेट एक सेकेण्ड कहिलेबाट कार्यान्वयन हुन्छ? एनटिए भन्छ-‘६ महिनामा आउँछ’

बिजमाण्डू
२०७६ भदौ २८ गते ११:४६ | Sep 14, 2019
मोबाइलको पल्सरेट एक सेकेण्ड कहिलेबाट कार्यान्वयन हुन्छ? एनटिए भन्छ-‘६ महिनामा आउँछ’

Tata
GBIME
Nepal Life

काठमाडौं। दूरसंचार प्राधिकरणले न्यूनतम कल अवधि पल्सरेट १ सेकेण्ड निर्धारण गर्ने तयारी गरेको छ।प्राधिकरणले हाल १० सेकेण्ड कायम रहेको पल्सरेटलाई एक सेकेण्ड कायम गर्न लागेको हो।

तर यो कार्यन्वयनमा आउन भने अझै छ महिना लाग्ने छ।प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार ‘यसअघि १० सेकेण्ड रहेको पल्सरेटलाई १ सेकेण्डमा झार्ने होमवर्क भैरहेको छ।‘तर अपरेटरको रेडिनेस, नेटवर्कको रेडिनेस नभएको र सिस्टमको अपग्रेड गर्नुपर्ने भएकाले ढिला भएको हो, ‘ उनले थपे ‘प्राविधिकहरुले काम थालिसकेका छन्। अबको छ महिनाभित्र कार्यान्वयनमा आउने छ।‘

सेवा प्रदायक कम्पनीहरुको प्राविधिक तयारी पुरा नभएकोले पनि प्राधिकरणले न्यून पल्सरेट निर्धारण गर्न सकेको छैन।‘दुई सेकेण्डमा फोन काटिदा पनि पूरा १० सेकेण्डकै पैसा तिर्नु पर्ने बाध्यता हटाउँदैछौं’ अर्यालले भने,‘धेरै सेकेण्ड पल्स अवधि कायम हुँदा उपभोक्ताले थोरै समय कल गर्दा पनि पुरै पल्सको पैसा तिर्नु पर्छ। हाम्रो पल्सको अवधि अन्य देशको तुलनामा धेरै छ।‘

उनले महशुल भूक्तानीमा उपभोक्ता मारमा परेको स्वीकार्दै उपभोक्ताको हितका लागि पल्सरेट घटाउन लागिएको बताए।फिक्स्ड फोनहरु ल्याण्डलाइन र सिडिएमए फोनबाट कल गर्दा १ मिनेट पल्स रेट छ भने अन्तराष्ट्रिय कल गर्दा सबैमा ३० सेकेण्ड कायम छ।