निजी कम्पनीले सामान बेच्दा ग्राहकको तीन पुस्ते लिनु पर्ने, विवरण नलिए एक करोड जरिवाना




काठमाडौ। निजी क्षेत्रका कम्पनीहरुले पनि आफ्नो ग्राहकको तीन पुस्ते विवरण लिएर मात्र उसँग कारोबार गर्नु पर्ने भएको छ। आगामी असोज १ गतेदेखि कार्यान्वयनमा आउन लागेको निर्देशिका अनुसार, बैंकले मागेजस्तै केवाइसी 'नो योर कस्टमर' निजी कम्पनीहरुले पनि ग्राहकसँग माग्नु पर्ने भएको हो।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीहरुको हकमा यो ब्यवस्था लागू हुने छ। सरकारले अहिले मस्यौदा मात्रै सार्बजनिक गरेको छ। यसमा सरोकारवालाहरुसँग सुझाब पनि मागेको छ।

TATA
TVS
Sanima

यो व्यवस्था अनुसार एक पटकमा २५ लाख वा वार्षिक एक करोड रुपैयाँको कारोबार गर्ने व्यक्ति वा संस्थालाई उच्च आर्थिक कारोबार गर्ने भनेर परिभाषित गरिएको छ।यो आधारमा २५ लाखको कारोबार गर्ने व्यक्ति वा संस्थाको तीन पुस्ते भर्नुपर्छ।यो व्यवस्थाले सबैभन्दा बढी गाडी कारोबार प्रभावित हुन्छ भने ठूला डिलर र होलसेलर पनि समस्यामा पर्छन्।

कारोबार गर्ने ब्यक्ति वा संस्थाको पहिचान तथा सम्पुष्टी गर्दा बास्तविक धनी तथा हिताधिकारी भएक त्यसको समेत पहिचान गर्नु पर्ने ब्यवस्था गरिएको छ। यसरी पहिचान गर्दा ग्राहकको ल्याप्चे छाप वा विद्युतीय हस्ताक्षर र कम्पनीको हकमा आधिकारिक छाप र आधिकारिक ब्यक्तिको हस्ताक्षर लिनु पर्ने छ।

यसपछि आफूसँग कारोकार गर्न आएको ब्यक्ति बास्तवमै असली हो/हैन भनेर अनौपचारिक स्रोतबाट पनि बुझ्नु पर्ने छ। यदि कुनै ग्राहकको तीन पुस्ते खुलेन भने उसँग कारोबार गर्न बन्देज लगाइएको छ।

कारोबार गर्ने ब्यक्ति वा संस्थाले पेस गरेको विवरण मिल्छ/मिल्दैन भनेर पनि निजी कम्पनीले हेर्नु पर्ने छ। कारोबार गर्नेमाथि कुनै ब्यक्तिको कुनै किसिमको प्रभाव वा स्वार्थ हुन सक्ने अवस्था छ/छैन भनेर पनि हेर्नु पर्ने छ।

कारोबार गर्ने ब्यक्ति वा संस्थाको पुख्यौंली तथा वर्तमान आर्थिक अवस्था स्वभाविक देखिन्छ/देखिँदैन भनेर पनि हेर्नु पर्नेछ। कम्पनीले कारोबार गर्ने ब्यक्ति वा संस्था पहिचान गर्ने, निजहरुको कारोबार अनुगमन गर्ने तथा त्यस्तो कार्य गर्ने प्रभावकारी ब्यवस्था पनि मिलाउनु पर्ने छ।

यदि कसैले पालना नगरेमा सचेत गराउनेदेखि १ करोड रुपैयाँसम्म जरिवाना हुने छ। ब्यवसायीहरुले कडाइका साथ आएको ब्यवस्था कार्यान्वयनमा चुनौती रहेको बताएका छन्। यसलाई क्रमिक रुपमा कार्यान्वयन गर्नु पर्ने उनीहरुको सुझाब छ। 

 

 

Share this Story

   

निजी कम्पनीले सामान बेच्दा ग्राहकको तीन पुस्ते लिनु पर्ने, विवरण नलिए एक करोड जरिवाना को लागी ५ प्रतिक्रिया(हरु)

Hemant Saraf[ 2019-09-11 07:17:57 ]
I request to the government of nepal, please banned hard cash from from the country...if government need we middle class, fight for our daily food by just maintaing all the paper work...just clear that we are (gulaam)...please do all currency in the form of digital currency... government will get all data.

   हालसम्म ९८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


kpl[ 2019-09-11 05:06:57 ]
Customer sabai lai cashless transaction garna lagauna saknu paryo, teti vayo vane bank bata pay huda bank ma ta 3 puste data vaihalcha ni... kina alag feri collect garna paryo... system banaune ho, implementation kasari huncha tyo ni spasta garna paryo.. news pani aadha aucha, byawasayi haru lai akrosh ma matra lyaune khale bhadkaulo news headline banauna vayena... sabai ko data kasari line ra kun point bata line vanne kura fix garna paryo...barambar, eutai kura magda sabai lai ris uthcha.. customer, seller... sab

   हालसम्म ८७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


rabindra[ 2019-09-11 05:04:21 ]
Ghor abyauharik kam ho. Yasko satta baru desko business, industry lai kasari support garney vichar garnu ramro hunechha.

   हालसम्म ८६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


37738[ 2019-09-11 12:39:17 ]
Yo kadam kata kata thikai lagyo malai ta. J vaye pani, yesle AML ko kaam ma sahajta chahi lyauxa hola.

   हालसम्म ६६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


1999[ 2019-09-11 10:28:14 ]
Hahaha....ma ta marna aatey ...sahi kuro artha mantri ju.....customer lai KYC bharna aagadi Rastriya Gaan Pani gauna laauna parcha...

   हालसम्म १०८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]



bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell