एनसिएचएलको कनेक्ट आइपिएस इ-पेमेन्टबाट पैसा ट्रान्सफर गर्दा अब शुल्क तिर्नु नपर्ने

बिजमाण्डू
२०७६ भदौ २० गते १६:२५ | Sep 6, 2019
एनसिएचएलको कनेक्ट आइपिएस इ-पेमेन्टबाट पैसा ट्रान्सफर गर्दा अब शुल्क तिर्नु नपर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कनेक्ट आइपिएस इ-पेमेन्ट प्रणाली प्रयोग गर्ने पैसा तिर्नु नपर्ने भएको छ। कम्पनीले निःशुक्ल फण्ड ट्रान्सफरको सुविधा सुरु गरेको छ। 

सीमित अवधिका लागि सुरु गरिएको यो सुविधा अन्तर्गत कनेक्ट आइपिएस प्रणालीमा आफ्नो बैंक खाता लिङ्क गरी भेरिफाइ गराइसकेका ग्राहकहरुले मोबाईल नम्बरको आधारमा गरिने फण्ड ट्रान्स्फर निःशुल्क गरिएको हो।

एनसिएचएल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित संस्था हो। यसमा ५३ भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरुमार्फत ग्राहकहरुका लागि बैंक खातामा आधारित रियल–टाइम भुक्तानी गन कनेक्ट आइपिएस इ-पेमेन्ट प्रणाली संञ्चालन गरिरहेको छ। 

प्रणालीमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिलभुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन्।