सेञ्चुरी बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने, १५ बर्षको बैंकिङ अनुभव

बिजमाण्डू
२०७६ साउन ३० गते १७:०० | Aug 15, 2019
सेञ्चुरी बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने, १५ बर्षको बैंकिङ अनुभव

Tata
GBIME
Nepal Life

काठमाडौं। सेञ्चुरी कर्मिर्सयल बैंक लिमिटेडको सञ्चालक समिति बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपानेलाई नियुक्त गरेको छ। 

विगत २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत न्यौपाने लक्ष्मी बैंकबाट बैंकिङ्ग सेवामा आएका थिए। 

हिमालयन बैंक तथा सनराईज बैंक गरी करिब १५ वर्षको अनुभव भएका  न्यौपानेसँग प्रमुख सूचना अधिकारीको अनुभव समेत छ। काठमाडौं विश्व विद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर छन्। जीवन भट्टराई बाहिरिएपछि उनी डेपुटी बनेका हुन्।