सनराइज बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता, यस्तो पाइन्छ सेवा

बिजमाण्डू
२०७६ बैशाख ३१ गते १३:०९ | May 14, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। सन्राइज बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ। 

सम्झौता अनुसार सन्राइज बैंकले देशभर रहेका १०५ वटै शाखाहरmबाट यूनियन लाइफ इन्स्योरेन्सको  जीवन बीमा योजनाहरm बिव्रmी गर्न सक्नेछ। 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य  र यूनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन्। 

बैंकका शाखाहरmबाट यूनियन लाइफमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सकिन्छ।