ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स प्राप्ती गर्ने, चुक्ता पुँजी १० अर्ब ६१ करोड रुपैयाँ पुग्ने

बिजमाण्डू
२०७५ चैत्र १ गते १३:१७ | Mar 15, 2019


काठमाडौं। ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई एक्वीजिसन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

फाइनान्सलाई प्राप्ती गर्ने विषयमा बिहीबार  दुबै बैंक तथा वित्तीय संस्थाबीच सम्झौता भएको हो। तीनवटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको हाथवे फाइनान्सले सबल बैंकिङ सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंक सँग गाभिने तयारी गरेको हो।

दुई बैंक तथा वित्तीय संस्थाले डिडिए गरेरपछि प्राप्त हुने स्वाप रेसियोका आधारमा अगाडि बढ्ने जनाएको हो। एमओयु सम्झौता भएसँगै आइतबारबाट दोस्रो बजारमा हाथवे फाइनान्सको शेयर कारोबार रोक्का हुनेछ।

खराव अवस्थामा रहेको अरुण फाइनान्सलाई हाथवे इन्भेष्टमेन्टले ह्याण्ड ओभर गरेको थियो। ह्याण्ड ओभर गरेसँगै फाइनान्सको नाफा हावथे फाइनान्सको नाममा कारोबार गर्दै आएको थियो। संस्थाको हालको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ।

हाथवे इन्भेष्टमेन्टले ह्याण्ड ओभर गर्दा १५ करोड रुपैयाँ चुक्ता पुँजी थियो। गत वर्ष संस्थाले शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेर चुक्ता पुँजी ३० करोड रुपैयाँ पुर्याएको थियो।

संस्थाले अघिल्लो आर्थिक वर्षको साधारणसभाबाट थप १८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय पारित गरेको भए पनि प्रकृया अगाडि बढाउन सकेको थिएन।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार संस्थाको जगेडा कोष अझै ८ करोड ३५ लाख रुपैयाँले ऋणात्मक छ।

दोस्रो बजारमा हाथवे फाइनान्सको शेयर मूल्य ११६ रुपैयाँ रहेको छ।

एक वर्षको अवधिमा संस्थाको शेयर मूल्य अधिकतम १६५ रुपैयाँ र न्युनतम १०४ रुपैयाँको बीचमा कारोबार भएको थियो।      

ग्लोबल आइएमई बैंकको हालको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ।

बराबरी हैसियतमा गाभिएको खण्डमा मात्रै बैंकको चुक्ता पुँजी १० अर्ब ६१ करोड रुपैयाँ पुग्नेछ।