टुबोर्गले ल्यायो होलीको ‘लिमिटेड एडिसन’ क्यान वियर, फेसबुकमा विजयी हुनेलाई वियर नि:शुल्क

बिजमाण्डू
२०७५ चैत्र १ गते १०:०० | Mar 15, 2019
टुबोर्गले ल्यायो होलीको ‘लिमिटेड एडिसन’ क्यान वियर, फेसबुकमा विजयी हुनेलाई वियर नि:शुल्क


काठमाडौं। फागु पूर्णिमालाई लक्षित गर्दै टुबोर्ग वियरले सीमित अवधिका लागि टुबोर्ग होली एडिसन क्यान बजारमा ल्याएको छ। गोर्खा ब्रुअरीका अनुसार यो क्यानमा राखिएको निलो र मागेन्टा रङको डिजाईनले होलीको रमाईलो झल्काउँछ।

Tata
GBIME
Nepal Life

रङहरुको चाडलाई ध्यानमा राख्दै क्यानमा राखिएका रङहरुको समिश्रणले टुबोर्गको हरियो रङमा चमक थपेको कम्पनीको दाबी छ।गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर वैभब शर्मा भन्छन्, “ नयाँ क्यानले टुबोर्गको होली पर्वसँगको रमाईलो सम्बन्ध झल्काउँछ। ग्राहकहरुले हाम्रो होली लिमिटेड एडिसन क्यान मन पराउनुहुनेछ भन्नेमा विश्वस्त छौं।”

टुबोर्ग होली कार्यक्रम काठमाडौ, ललितपुर, भक्तपुर, धुलिखेल, कीर्तिपुर, भैरहवा, बिराटनगर, बिर्तामोड, बुटवल, दाङ, धनगढी, धुलिखेल, नेपालगञ्ज, पोखरा, नारायणघाट, धरान, ईटहरी, हेटौडा मनाइने कम्पनीले जनाएको छ।

टुबोर्गले सामाजिक सञ्जालमा दुईवटा प्रतियोगिता आयोजना गरेको छ । फेसबुकमा गरिएको प्रोफाईल पिक्चर फ्रेम कन्टेस्टमा प्रतियोगीहरुलाई देशभरकाकार्यक्रमहरुको निःशुल्क टिकट दिइने कम्पनीले जनाएको छ। कम्पनीले गोल्डेन प्रतियोगिता समेत राखेको र त्यसमा विजयी हुनेले देशभरका कार्यक्रममा टिकटसँगै निशुल्क वियरको कुपन समेत पाउने जनाएको छ।