सशस्त्र प्रहरीमा जागिरको अवसरः ३२ सय ९७ जना जनशक्तिका लागि दरखास्त आह्वान

बिजमाण्डू
२०७५ फागुन २४ गते १०:०९ | Mar 8, 2019
सशस्त्र  प्रहरीमा जागिरको अवसरः ३२ सय ९७  जना जनशक्तिका लागि दरखास्त आह्वान


काठमाडौँ। सशस्त्र प्रहरीले एकैपटक तीन हजार २९७ जना जवानको नयाँ भर्ना प्रक्रिया अघि बढाएको छ। सशस्त्रले शुक्रवार सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी रूपमा पदपूर्ति हुनेछ।

Tata
GBIME
Nepal Life

पदपूर्तिको सूचना अनुसार खुलातर्फ एक हजार ७७७, महिला २९७, आदिवासी जनजाति ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर अशक्त प्रहरीका सन्ततिका लागि ३६ कोटा निर्धारण गरिएको छ।

सूचना अनुसार चैत २५ गतेसम्म दरखास्त दिन सकिनेछ। वैशाख ३ गते सम्बन्धित कार्यालयहरूमा परीक्षा सञ्चालन हुनेछ।

कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन्।