सनराइजको सञ्चालकमा पुरानै अनुहारको निरन्तरता, १० करोड रुपैयाँ लाभांस वितरणको स्वीकृती

बिजमाण्डू
२०६९ पुष २७ गते ००:०० | Jan 11, 2013
सनराइजको सञ्चालकमा पुरानै अनुहारको निरन्तरता, १० करोड रुपैयाँ लाभांस वितरणको स्वीकृती

काठमाडौं । सनराइज बैंकको संस्थापक सञ्चालकमा पुरानौ अनुहारले निरन्तरता पाएको छ । विहिवार सम्पन्न बैंकको पा“चौ बार्षिक साधारण सभाले मोतीलाल दुगड, श्रीनिवाश शारदा, बच्छराज तातेड़, श्रवणकुमार गोयल, भोगेन्द्र गुरागाईं र मालचन्द दुगडलाई बैंकको संचालक पदमा निर्विरोध निर्वाचित गरेको हो । बिहिवारै बसेको सञ्चालक समितिको बैठकले मोतीलाल दुगडलाई अध्यक्षमा मनोनित गरेको छ ।

असार मसान्तसम्मको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशतका दरले लाभांस प्रदान गर्ने स्वीकृती पनि साधरणसभाले दिएको छ । बैंकले सेयरधनीलाई १० करोड ६० लाख ५२ हजार रुपैयाँ लाभांस वितरण गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानले बैंकको निक्षेप २१ अर्ब ८१ करोड रुपैयाँ, कर्जा लगानी १७ अर्ब ८७ करोड रुपैयाँ पुगेको जानकारी दिए । उनले बैंकको ग्राहक संख्या दुई लाख ११ हजारभन्दा बढी भएको पनि बताए । बैंकको अहिले ४९ वटा शाखा र ५७ वटा एटिएम सञ्चालनमा छ । काठमाडौं उपत्यका भित्र २२ शाखा छन् भने उपत्यका बाहिर २७ शाखामा रहेको प्रधानले जानकारी दिए ।

Tata
GBIME
Nepal Life