हिमालयन बैंकको कार्डबाट छ करोड रुपैयाँ ठगी गरेका सुवालले नै भारतबाट फेरी ठगे करोडौं

बिजमाण्डू
२०६९ पुष २३ गते ००:०० | Jan 7, 2013

काठमाडौं । हिमालयन बैंकले तीन महिनअघि भिसा मास्टर कार्डबाट पौने ६ करोड रुपैयाँ ठगी गर्ने आफ्ना तत्कालिन डेपुटी म्यानेजर अनिसभत्त सुवाललाई त्यतिकै छाडिदिँदै फेरी अर्को ठगी भएको छ । उनै सुवाल त्यस घटनापछि भागेर भारत पुगेका थिए । केही समय चुप लागेर बसेपछि उनले पुनः नक्कली कार्ड बनउँदै भारतका एटिएमबाट लाखौं रुपैयाँ झिकेको पुष्टी भएको छ ।
बैंकले अहिलेसम्म ४० लाख रुपैयाँ ठगी भएको जानकारी दिँदै कार्ड सेवा बन्द गरेपनि स्रोतका अनुसार सुवालले करोडभन्दा माथि भिकेका छन् । उनले रेन्डमली कार्ड प्रयोग गरेर पैसा झिकेकाले क–कसको खाताबाट पैसा हराएको छ भन्ने पूर्ण विवरण आउन सकेको छैन । सुवालले अघिल्लो पटक पाँच करोड ७६ लाख रुपैयाँ हिनामिना गरेका थिए । कार्ड सेन्टरमा कार्यरत सुवालले भिसा मास्टर कार्डमार्फत पठाएको रकम रिसिभल एकाउन्टबाट डाटा मेटाउँदै पटक पटक गरेर रकम झिकेका थिए ।
उनको ठगी पत्ता लागेपछि सुवाल भारत भागेका थिए । त्यसपछि बैंकले घटना ढाकछोप गर्दै थप अनुसन्धान र कारवाहीको प्रकृया बढाएन । त्यसैको फाइदा उठाउँदै सुवालले फेरी ठगी गरेका हुन् । हिमालयन बैंक सम्वद्ध स्रोतका अनुसार सुवाल बैंक व्यवस्थापन सम्वद्ध व्याक्तिका आफन्त हुन् ।
ग्राहकको जानकारीविनै भारतको नयाँदिल्लीबाट कार्डमार्फत अनाधिकृत रुपमा रकम झिकिएको पाइएपछि बैंकले सबै डेबिट कार्डको कारोबार रोकेको छ । हिमालय बैंकसँगै, एनआईसी र एस डेभलपमेन्ट बैंकले पनि डेबिट कार्डको कारोवार रोकेका छन् ।
तीनै बैंकले सम्वन्धित बैंकमा पुगेर आफ्नो कार्डको पिन नम्वर र डेबिट कार्ड परिवर्तन गर्न समेत आग्रह गरेका छन् । यो काण्डपछि हिमालयन बैंकका एक लाख २५ हजार, एनएआईसी बैंकका एक लाख र एस डेभलपमेन्ट बैंकका ४० हजार डेबिट कार्ड प्रभावित भएका छन् । हिमालयन बैंकले एक वर्ष अघि नेपालमा सबैभन्दा सुरक्षित कार्ड भन्दै चिपमा आधारित इएमभी कार्डको सुरुवात गरेको थियो ।
यो पनि पढ्नुहोस्
हिमालयनको सबैभन्दा सुरक्षित कार्ड असुरक्षित, एनआईसी र एसका कार्डको कारोवार रोकियो

Tata
GBIME
Nepal Life