यामाहा बाइकको लाइक माई स्टाइल फेसबुक अभियान, दुई लाख रुपैयाँ पुरस्कार

बिजमाण्डू
२०६९ पुष ५ गते ००:०० | Dec 20, 2012
यामाहा बाइकको लाइक माई स्टाइल फेसबुक अभियान, दुई लाख रुपैयाँ पुरस्कार


काठमाडौ । यामाहा बाइकको बिक्रेता एमएडडब्लुले ‘यामाहा लाइक माई स्टाइल’ फेसबुक अभियान सुरु गरेको छ । यस अभियान अन्तरगत उपभोक्ताले २ लाख रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ । यसका लागि यामाहा आर १५, एफजेडएस, फेजर एसजेडआर मध्येका कुनै एक बाइकमा बसेर स्टाइलिस फोटो खिची यामाहाको फेसबुक साइटमा राख्नुपर्नेछ । फोटोमा अत्यधिक लाइक पाउने पहिलो व्यक्तिले २ लाख र दोस्रो हुनेले १ लाख पाउने छ । यसै गरि फेसबुक लाइक गर्ने मध्ये हरेक १५ दिनमा लक्की ड्रबाट एक जनालाई आइफोन दिने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life