फर्चुन ५०० को सूची, वालमार्ट पछि पर्यो, ७३ चिनियाँ कम्पनी, भारतका आठ मात्रै

बिजमाण्डू
२०६९ असार २६ गते ००:०० | Jul 10, 2012
फर्चुन ५०० को सूची, वालमार्ट पछि पर्यो, ७३ चिनियाँ कम्पनी, भारतका आठ मात्रै


न्याँदिल्ली । वालमार्टलाई पछि पार्दै  नेदरल्याण्डको रोयल डच शेल कम्पनी सन् २०१२ को फर्चुन ५०० को सूचीमा सबै भन्दा ठुलो कम्पनी बन्न सफल भएको छ । वालमार्ट तेस्रो स्थामा झरेको छ । अमेरिकी पत्रिका फर्चुनले अघिल्लो वर्षको खुद आम्दानीको आधारमा हरेक वर्ष जारी गर्ने ५०० ठुला कम्पनीको सूचीमा यस वर्ष पनि अमेरिकी कम्पनीको बाहुल्यता छ । सुचीमा १३२ अमेरिकी कम्पनी छन् भने ७३ चिनियाँ र ६८ जापानी कम्पनी छन् । छिमेकी मुलुक भारतका ८ कम्पनी यो सुचीमा छन् ।
फर्चुनले जारि गरेको नयाँ सूचीमा डच कम्पनी अघिल्लो वर्षको तुलनामा एक स्थान माथि उक्लँदै पहिलो नम्बरमा आएको हो । कच्चा तेल तथा ग्यास उत्खन्न गर्ने प्रमुख कम्पनी मध्येको एक शेलले सन् २०१० को तुलनामा २०११ मा २८ प्रतिसतले आम्दानी बढाएको थियो । २०११ मा शेलले चार खर्ब ८४ अर्ब डलर खुद आम्दानी गरेको थियो । ९० हजार कर्मचारी भएको यस कम्पनीको मुख्य कार्यालय नेदरल्याण्डको हेगमा छ भेन दर्ता कार्यालय युकेको लण्डनमा छ ।
२०११ मा तेस्रो स्थानमा रहेको अमेरिकी उर्जा कम्पनी इक्सन मोविल यस वर्ष दोस्रो स्थानमा उक्लिएको छ । ९९ हजार कर्मचारी रहेको यो कम्पनीले सन् २०११ मा चार खर्ब ५३ अर्व डलर खुद आम्दानी गरेको छ । इक्सनको यो आम्दानी २०१० को तुलनामा २७.७ प्रतिशतले बढी हो ।
सन् २०१० र २०११ को सुचीमा पहिलो स्थानमा रहन सफल अमेरिकी खुद्रा विक्रेता वालमार्ट स्टोर्स यस वर्ष दुई स्थान तल झर्दै तेस्रो स्थानमा आएको छ । २२ लाख कर्मचारीलाई रोजगारी दिएको यो कम्पनीको खुद आम्दानीमा न्युन बृद्धि भएका कारण सूचीमा तल झरेको हो । वाल मार्टले २०११ मा ४ खर्ब ४७ अर्ब डलर आम्दानी गरेको थियो, यो २०१० को तुलनामा ६ प्रतिशले मात्रै बढी हो ।
फोर्चुन ५०० को सूचीमा तेल कम्पनीहरुको दवदबालाई कायमै राख्ने क्रममा चौथो स्थानमा ब्रिटिस कच्च तेल कम्पनी विपि छ । कम्पनीले २०१० को तुलनामा आफ्नो खुद आम्दानी २५.१ प्रतिशतले बढाएर तीन खर्ब ८६ अर्व डलर पुयाउन सफल भए पनि अघिल्लो वर्षको स्थानबाट माथि उक्लन पनि सकेन तल झर्नु पनि परेन । यस कम्पनीमा ८३ हजार ४ सय कर्मचारी काम गर्छन् ।
विश्व अर्थतन्त्रको सुपर पावरहाउस बन्ने क्रममा रहेको चीनका कम्पनीहरुमध्ये उच्च स्थानमा रहँदै बेइजिङमा मुख्यालय रहेको पेट्रोलियम तथा केमिकल कम्पनी सिनोपेक ग्रुप सूचीको पाँचो स्थानमा छ । सन् २०१० को तुलनामा ३७.२ प्रतिशतले खुद आम्दानी बृद्धि  गर्दै २०११ मा तीन खर्ब ७५ अर्ब अमेरिकी डलर आम्दानी गरेको यो कम्पनी अघिल्लो वर्ष पनि यहि स्थानमा थियो ।
सूचीको छौठौं स्थानमा २०११ मा तीन खर्ब ५२ अर्व डलर आम्दानी गरेको चिनीयाँ सरकारी कम्पनी चाइना नेसनल पेट्रोलियम छ भने सातौ स्थानमा पनि चीन सरकारको स्वामित्व भएको उर्जा कम्पनी स्टेट ग्रिड छ । २०११ मा दुई खर्ब ५९ अर्ब डलर आम्दानी गरेको यो कम्पनी २०११ को सूचीमा पनि सोही स्थानमा थियो । २०११ मा दशौं स्थानमा रहेको अमेरिकी उर्जा कम्पनी सेभरोन यो वर्ष आठौं स्थानमा छ । २०१० को तुलनामा खुद्र आम्दानी ४१.४ प्रतिशतले बढाएर दुई खर्ब ४६ अर्ब पु¥याएपछि कम्पनीले फड्को मारेको हो । सूचीमा नबौ स्थानमा अघिल्लो वर्ष १२ औं स्थामा रहेको अमेरिकी कम्पनी कोनोकोफिलिप्स छ । यस कम्पनीले २०११ मा दुई खर्व ३७ अर्ब डलर खुद आम्दानी गरेको थियो ।
यसैगरी दशौं नम्बरमा सुचिमा पर्ने पहिलो जापानी कम्पनी बन्दै टोयोटा माटर रहेको छ । अघिल्लो वर्ष आठौं स्थामा रहेको यो कम्पनी खुद आम्दानीमा सुस्त (६.१ प्रतिसत) बृद्धि भएपछि दुई स्थान तल झरेको हो । टोयोटाले २०११ मा दुई खर्ब ३५ अर्ब अमेरिकी डलर आर्जन गरेको थियो ।
५०० कम्पनीको सूचीमा अटाएका आठ भारतीय कम्पनीहरुमा इण्डियन आयल ८३ औं स्थानमा, रिलायन्स इन्डस्ट्रिज ९९ औं, भारत पेट्रोलियम २२५ औं, हिन्दुस्तान पेट्रोलियम २६७ औं, एसबिआई बैंक २८५ औं, टाटा मोटर्स ३१४ औं, ओएनजी ३५७ औं र टाटा स्टिल ४०१ स्थानमा छ ।

Tata
GBIME