मेलम्ची परियोजना सन् २०१५ भित्र सम्पन्न गर्न एडिबीको प्रतिवद्धता, नयाँ ठेकेदार छनोट गरिने

बिजमाण्डू
२०६९ असोज ११ गते ००:०० | Sep 27, 2012
मेलम्ची परियोजना सन् २०१५ भित्र सम्पन्न गर्न एडिबीको प्रतिवद्धता, नयाँ ठेकेदार छनोट गरिने

काठमाडौं । मेलम्ची खानेपानी आयोजना सन् २०१६ अगावै सम्पन्न गर्न एशियाली विकास बैंकले नेपाललाई सहयोग गर्ने भएको छ । चिनीयाँ कम्पनीले मेलम्चिको ठेक्का तोडेपछि यो परियोजना आगामी केही वर्ष धकेलिएको अनुमानका वीच विहिवार एडिबीका दक्षिण एशिया महानिर्देशकले परियोजना सन् २०१५ भित्रै सम्पन्न गर्ने प्रतिवद्धता प्रकट गरेका हुन् ।
महानिर्देशक जुआन मिरान्दाले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर परियोजना छिटो सम्पन्न गर्न नेपाल सरकारलाई एडिबीले  आवश्यक सहयोग गर्ने बताए । उनले पत्रकार सम्मेलन गर्नु अघि अर्थमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल र सहरी विकास मन्त्रायलयका सचिव एवं मेलम्ची खोनीपानी आयोजनाका अध्यक्ष किशोर थापालाई भेट गरेका थिए ।
पत्रकार सम्मेलनमा मिरान्दाले भने, म  आयोजना प्रति एडिबीको गम्भीर चासो  देखाउन यहाँ आएको हुँ, नेपालका अधिकारीसँग भएको छलफल उपलब्धिमुलक छ । मिरिन्दाले पुरानो ठेकेदारसँगको विवाद समाधान गरि नयाँ ठेकेदार छनौट गरेर अघि बढ्नुपर्ने पनि बताए ।
उनले प्रतिपर्धाका माध्यमबाट ठेकेदारको समय छनौट गरिने जानकारी पनि दिए । अब कम्पनीको नाममा भन्दा गुणस्तरीय काममा जोड दिइनेछ उनले भने । ४६ करोड ४० लाख अमेरिकी डलर रहेको आयोजनामा एडिबीले सुरुङ मार्ग निर्माणका लागि १२ करोड डरल लगानी गरेको छ ।
चाइना रेल्वे १५ ब्युरो ग्रुप जेभीले दुई साताअघि मेलम्चीसँग एकतर्फी ठेक्का तोडेको थियो । मेलम्चीको सञ्चालक समितिले पनि दुई दिन अघि ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

Tata
GBIME
Nepal Life