खाना पकाउने ग्यासको प्रयोगकर्ता दोब्बरले बढे, वार्षिक १२ करोड ७८ लाख सिलिन्डर खपत

बिजमाण्डू
२०६९ असोज १० गते ००:०० | Sep 26, 2012

काठमाडौं । सस्तो र सफा इन्धनका कारण खाना पकाउने ग्यासको प्रयोगकर्ता पाँच वर्षको अवधिमा दोब्बर भएका छन् । नेपाल आयल निगमका अनुसार अहिले वार्षिक १२ करोड ७८ लाख सिलिन्डर ग्यास आयात गरेको छ । निगमले ०६४ साल मा ६ करोड ७७ लाख ९७ हजार सिलिन्डर ग्यास आयात गरेको थियो । पछिल्लो समयमा ग्यासको मूल्य नबढेकोले समेत प्रयोगकर्ता बढ्दै गएको निगमको निष्र्कष छ ।
निगमले ग्यासमा ठूलो नोक्सानी बेहोरेपनि मूल्य भने बढाएको छैन जसरी पेट्रोल, डिजेलको मूल्य बढाइएको छ । निगमलाई अहिले ग्यासमा एक सिलिन्डरमा ३ सय ६३ रुपैयाँ घाटा छ । निगमले गतवर्ष ग्यासबाट मात्रै साढे पाँच अर्ब नोक्सानी बेहोरेको थियो । ग्यासको प्रयोगकर्ता बढ्दै गएपछि ग्यास बोटलिङ प्लान्ट स्थापनाको क्रम पनि बढेको छ । पाँच वर्षको अवधिमा बोटलिङ प्लान्ट पनि झन्डै दोब्बर छन् । पाँच वर्षअघि २७ वटा रहेको बोटलिङ प्लान्ट बढेर अहिले ४७ पुगेको छ । सञ्चालनको पखाईमा रहेका बोटलिङ प्लान्टको संख्या १४ वटा रहेका छन् ।

Tata
GBIME