राष्ट्र बैंकको निर्देशन, वित्तीय संस्थाका प्रमुखले व्यवसायिक ऋण लिन नपाउने

बिजमाण्डू
२०६९ असोज ४ गते ००:०० | Sep 20, 2012
राष्ट्र बैंकको निर्देशन, वित्तीय संस्थाका प्रमुखले व्यवसायिक ऋण लिन नपाउने


काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुले अबदेखि व्यवसायिक ऋण लिन नपाउने भएका छन् । राष्ट्र बैंंकले बुधबार साँझ निर्देशन दिँदै कुनै पनि किसिमको व्यवासायिक कर्जा लिन नपाउने व्यवस्था गरेको हो ।
प्रमुख कार्यकारीले शिक्षा हायर पर्चेज, घर र घरायसी प्रयोजनबाहेकको कर्जा लिन पाउँदैनन् । बैंकरले होटल रेष्टुरेन्टलगायत अन्य फुटकर व्यवसाय चलाउन ऋण लिन थालेपछि यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले कडा नियम ल्याएको हो । बैंकरले सरकारी ऋणपत्र र क्रेडिट कार्ड अन्तर्गत भने कर्जा लिन पाउने छन् ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग मध्यस्थता गरि प्राइभेट कम्पनीहरुले हायर पर्चेज कर्जाहरु उपलब्ध गराउँदै आएकोमा त्यस्तो कर्जा नदिन निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्था वाहेक कसैले पनि कर्जा र निक्षेपको कारोबार गर्न नपाउने भन्दै राष्ट्र बैंकले ग्राहकलाई सोझै वाहेक मध्यस्थता गरेको कर्जा नदिन निर्देशन दिएको हो ।

Tata
GBIME