पहिलो पटक बिलिनियर क्लवमा छिर्यो एभरेष्ट बैंक, नाफा एक अर्ब नौ करोड

बिजमाण्डू
२०६९ साउन ३१ गते ००:०० | Aug 15, 2012
पहिलो पटक बिलिनियर क्लवमा छिर्यो एभरेष्ट बैंक, नाफा एक अर्ब नौ करोड

काठमाडौं । एभरेस्ट बैंक एक अर्बभन्दा वढी नाफा गर्ने बैंकको श्रेणीमा उक्लिएको छ । बैंकले १७ प्रतिशतले नाफा बढाउँदै यस वर्ष १ अर्ब ९ करोड नाफा कमाएको छ । भारतीय पञ्जाव नेशनल बैंकको २० प्रतिशत संयुक्त लगानीमा स्थापित एभरेस्ट बैंक १ अर्बभन्दा वढी नाफा गर्ने ६ बैंकको सुचीमा उक्लिएको हो । १ अर्ब वढी नाफा गर्नेमा सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक तथा निजी क्षेत्रका नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंक छन् ।

बिलिनियर क्लवका चार बैंक, यो वर्ष गरेको नाफा

Tata
GBIME
Nepal Life

बैंकले ब्याज र डलर किनबेचबाट ठूलो आम्दानी गरेको छ । यस वाहेक बैंक ग्यारेन्टी, प्रतितपत्रलगायतका बैंकिङ सेवाबाट पनि बैंकको नाफा वढेको छ । बैंकले खुद ब्याज आम्दानी मात्रै १६ प्रतिशतले वढाएर २ अर्ब ८ करोड रुपैयाँ कमाएको छ । यसवाहेक डलर किनबेचको आम्दानी १ सय ३७ प्रतिशतले वढाएर १० करोड ९६ लाख रुपैयाँ  पुर्याएको छ । बैंक ग्यारेन्टी, प्रतितपत्र, कार्ड सेवालगायतको आम्दानी साढे १७ प्रतिशतले बढाएर ४१ करोड ३३ लाख पुर्याएको छ ।
बैंकले पोहोर नउठेको १४ करोड ९४ लाख रुपैयाँ  यस पटक उठाएको छ । तर यसपटक व्याज नआएको कारण बैंकले २५ करोड ११ लाख रुपैयाँ नोक्सानी व्यवस्था जम्मा पनि गर्नु परेको छ । नोक्सानी व्यवस्था पोहोरकै अनुपातमा मात्रै राख्न सकेको भएपनि बैंकको नाफा १ अर्ब २० करोडको हाराहारीमा पुग्ने थियो ।
बैंकको ऋण लगानी साढे १५ प्रतिशतले वढाएर ३६ अर्ब ६१ करोड रुपैयाँ पुर्याएको छ । बैंकले रियलस्टेट ऋण पनि १८ प्रतिशतले वढाएर २ अर्ब १८ करोड रुपैयाँ पु¥याएको छ । बैंकले निक्षेप साढे २१ प्रतिशत वढाएको छ । बैंकको कुल निक्षेप ५० अर्ब पुगेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात ११.०८ प्रतिशत र खराव ऋण ०.८४ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी ८८ रुपैयाँ ५५ पैसा छ । मूल्य आम्दानी अनुपात ११.६७ गुणा छ । प्रति सेयर नेटवर्थ ३ सय २७ रुपैयाँ ७६ पैसा छ ।