ग्लोबल र एग्रीकल्चर बैंक अफ चाइनावीच युआन र डलर खाता खोल्ने सम्झौता

बिजमाण्डू
२०६९ साउन ३१ गते ००:०० | Aug 15, 2012
ग्लोबल र एग्रीकल्चर बैंक अफ चाइनावीच युआन र डलर खाता खोल्ने सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक र चीनको एग्रीकल्चर बैक अफ चाइनाबीच चिनियाँ मुद्रा युआन र डलर खाता खोल्ने सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमईका नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एग्रीकल्चर बैकका तर्फबाट अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सुपिङ ठोङले हस्ताक्षर गरे ।
एग्रीकल्चर बैकको चीनमा ३१ हजार शाखा छन् भने ग्लोबल आइएमई नेपालको सबैभन्दा बढी शाखा भएको बैंक हो । यो सम्झौतापछि डलर वाहेक युआनबाट समेत कारोबार गर्न सकिनेछ । नेपाल –चीनबीच कारोबार गर्ने नेपाली व्यवसायीलाई सहजता थप्ने बैकले जनाएको छ । सम्झौताको उद्देश्य तातोपानी भन्सार नाकाबाट हुने दुई देशबीच हुने व्यापार प्रबद्र्धनमा महत्वपुर्ण भुमिका खेल्नु हो, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Tata
GBIME
Nepal Life