रोजगारीमा गएका युवालाई बिओकेको बैकिङ, ऋण र रेमिट्यान्स एकै स्थानमा

बिजमाण्डू
२०६९ साउन २९ गते ००:०० | Aug 13, 2012
रोजगारीमा गएका युवालाई बिओकेको बैकिङ, ऋण र रेमिट्यान्स एकै स्थानमा

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) ले वैदेशिक रोजगारीमा गएका युवाहरुको परिवारलाई सहजै ऋण दिने सुविधा सहित नयाँ बैंकिङ सेवा सुरु गरेको छ । वैदेशिक रोजगार बैंकिङ अन्तर्गतको यो योजना अन्तर्गत रोजगारमा गएका व्यक्ति आफैं वा आफन्तल खाता खोल्न सक्छन् ।
बैंकले खातामा जम्मा हुने रेमिटेन्स रकमको आधारमा दुई वर्ष भित्र तिर्न सकिने गरी ५० हजारदेखि दुई लाख रुपैयाँसम्म ऋण सहजै उपलब्ध गराउने जनाएको छ । बैंकले यस्तो ऋण लिए बराबरको रकम विदेशमा काम गर्ने सदस्यको दुर्घटना भए निःशुल्क बिमा गरिदिने छ ।
खाता खोलेपछि रकम पठाउन, बचत गर्न र आवश्यक पर्दा उसको परिवार सदस्यले ऋणसमेत लिन पाउने छन् । ५ सय रुपैयाँमा खोल्न सकिने खातामा बैंकले आफ्नोतर्फबाट एक सय ३३ रुपैयाँ जम्मा गरिदिने छ । खातावालाले विदेशबाट रकम पठाए पछि बैंकले हरेक पटक थप ३३ रुपैयाँ जम्मा गरिदिने छ । यो खाता खोल्ने ग्राहकले व्याजका साथै निःशुल्क भीसा डेविट कार्ड पाउने छन् ।
बैंकले उनीहरुले कमाएको रकम आफन्तसम्म पु¥याउन, बचत गर्न र आवश्यक पर्दा ऋण दिने उद्देश्यले बैंकिङ सेवा सुरु गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले जानकारी दिएका छन् ।  
नयाँ खातासगैं बैंकले ‘किसान बैकिङ सेवा’ थप सुविधासहित ल्याएको छ । किसानका लागि लक्षित यो खातामा कृषि सम्बन्धि व्यवसाय विस्तारमा बैंकले सहयोग गर्ने श्रेष्ठले बताए ।
यो योजनाअन्तर्गत बैंकले किसानलाई १० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म ऋण उपलब्ध गराउने छ । किसान बैंकिङ सेवामा आबद्ध ग्राहकले रकम जम्मा, भुक्तानी, ट्रान्सफरका साथै टेलिफोन÷मोबाइल बिल भुक्तानी लगायतका सुविधा पनि प्रयोग गर्न पाउँछन् । बैंकले एक सय रुपैयाँमा बचत र ५ सयमा क्रमिक मुद्दति खाता खोल्न सकिने किसान बैंकिङ सेवा विस्तार गरेको हो । खाता खोल्ना साथ बैंकले बचत खातामा सय रुपैयाँ थपिदिने छ ।

Tata
GBIME
Nepal Life