सुबिसुको नयाँ वर्ष अफर, हजार रुपैयाँमा केवल टिभि र इन्टरनेट, एन्टिभाइरस पनि सित्तैमा

बिजमाण्डू
२०६९ चैत्र ३० गते ००:०० | Apr 12, 2013

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेटले ग्राहकका लागि नयाँ वर्ष अफर ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले हजार रुपैयाँमा ब्राडव्याण्ड इन्टरनेट, केवल टेलिभिजन, केवल मोेडेम र एउटा एन्टिभाइरस प्राप्त गर्ने जानकारी दिएको छ । ग्राहकले सुविसुमा १२८/१२८, २५६/२५६, ५१२/५१२ केविपिएस तथा १/१ एमबिपिएसमध्ये कुनै एक व्याण्डविथको प्याकेजको खरिदमा सोही बराबरको अर्को प्योकज सित्तैमा पाउने समेत जानकारी दिएको छ ।
ग्राहकले घरमा इन्टरनेट जडान गर्न तीन हजार रुपैयाँ मूल्य बराबरको केबल मोडम खरिद गर्नु नपर्ने । र यही अफरअन्तर्गत केबल मोडम निःशुल्क प्राप्त गर्ने जानकारी पनि कम्पनीले दिएको छ । सुबिसु केवलनेटका बजार ब्यवस्थापन बिभागका उप प्रमुख, रजत कायष्थले, ग्राहकका लागि नयाँ बर्षसंगै उत्साह थप्न यस्तो योजना ल्याएका बताए । यो योजनामा सर्त लागू गरिएको र काठमाडौं उपत्यकामा मात्र लागू हुने पनि कम्पनीले जानकारि दिएको छ ।

Tata
GBIME
Nepal Life