के फेसबुकको स्मार्टफोन यही साता लञ्च होला ? बिहिवार फेसबुकको सस्पेन्स पत्रकार सम्मेलन

बिजमाण्डू
२०६९ चैत्र २० गते ००:०० | Apr 2, 2013
के फेसबुकको स्मार्टफोन यही साता लञ्च होला ? बिहिवार फेसबुकको सस्पेन्स पत्रकार सम्मेलन

काठमाडौं । के यही साता फेसबुक फोन लञ्च होला ? यस्तो अड्कालवाजी किन पनि गर्न थालिएको छ भने फेसबुक फोन लञ्च हुने हल्लाकै बीचमा बिहिवार यसको मुख्यालय क्यालिफोर्नियाको मेनलो पार्कमा पत्रकार सम्मेलको आयोजना गरिएको छ । पत्रकार सम्मेलनलाई निम्तो पठाए पनि फेसबुकले पत्रकार सम्मेलनको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन् । निम्तोमा भनिएको छ, आउनुहोस्, एन्ड्रोइडमा हाम्रा नयाँ ठेगाना हेर्नुहोस् ।
न्युज साइट टेकक्रन्चका अनुसार बिहिवार फेसबुकले आफ्ना सबै फङ्कसन चलाउन मिल्ने गुगल एन्ड्रोइडको मोडिफाइड भर्सन सार्वजनिक गर्ने सम्भावना छ । फेसबुकले नयाँ स्मार्टफोनको सफ्टवेयर डिजाइन गरेको छ भने यो फोन एचटिसीले बनाउनेछ । सन् २०१२ को अन्तिमसम्ममा फेसबुक प्रयोगकर्ताको संख्या एक अर्ब छ करोड छ, योमध्ये ६८ करोडले मोवाइलबाट फेसबुक चलाउने गरेका छन् । विश्वमा मोवाइल प्रयोगकर्ताको संख्या ५७ प्रतिशतका दरले वृद्धि भैरहेको छ । एक अध्ययन अनुसार हरेक पाँचमध्ये चार जनाले १५ मिनेट भित्र आफ्नो फोन चेक गर्छन्, पाँच जनामा तीन जना बेव ब्राउजिङ्ग, म्यासेज पठाउँछन् वा फेसुबकमा लगइन गर्छन् ।

Tata
GBIME
Nepal Life