माइक्रोसफ्टको विण्डोज ९ बजारमा आउँदै डेस्कटपलाई बाईबाई, इन्ट्रयाक्टीभ युआईलाई वेलकम

बिजमाण्डू
२०६९ चैत्र १९ गते ००:०० | Apr 1, 2013
माइक्रोसफ्टको विण्डोज ९ बजारमा आउँदै डेस्कटपलाई बाईबाई, इन्ट्रयाक्टीभ युआईलाई वेलकम

न्युयोर्क । लामो समयदेखि पिसि अपरेटिङ सिस्टम (ओएस) डेस्कटप सुविधा राख्दै आएको माईक्रोसफ्टले आगामि ओएसमा यो सुवीधा हटाउने छाँट देखाएको छ । विण्डोज ब्लु नाम दिईएको नयाँ संस्करणको ओएसदेखि यस्तो सुविधा हटने ब्लुका लिक भएका तस्वीर एवं गोप्य सूचनाले दिएको विष्लेशकको दावी छ ।

विण्डोज ब्लुका तस्वीर एवं विल्ड भर्सन केहि दिन यता इन्टरनेटमा छ्याप्छ्याप्ती हुन थालेका छन् । यद्यपि माईक्रोसफ्टले भने यसको बारेमा कुनै जानकारी दिएको छैन । इन्टरनेटमा छरिएका सूचनालाई आधार मान्ने हो भने विण्डोज ९ मा अहिले भएको विण्डोज ८ मा भएका सुविधा परिमार्जीत हुनका सार्थ नयाँ सुविधा थपिएर आउने छन् ।
विष्लेशककाअनुसार विण्डो ९ अर्थात ब्लु अहिलेको विण्डोज ८ भन्दा इन्ट्रयाक्टीभ हुनेछ । यसमा दुईवटा एप्लीकेसनलाई स्क्रीनको आधा भागमा राखेर काम गर्न सकिने सुविधा हुनेछ । यसैगरी ब्लुमा विण्डोज ८ बाट कन्ट्रोल प्यानलको ठाउँमा ल्याइएको पिसी सेटिङ अझै परिमार्जित हुनेछ । यसैगरी ब्लुमा सुपर स्काई ड्राइभ हुनेछ जुन अहिले स्काई ड्राईभ नामले चिनिन्छ । सोहि स्काई ड्राईभलाई थप शक्तिशाली बनाउँदै सुुपर स्काई ड्राईभ ल्याउने तयारी माईक्रोसफ्टको छ । ब्लुमा वेब ब्राउजिङका लागि इन्टरनेट एक्सप्लोररको ११ औं भर्सन हुनेछ । यो नयाँ भर्सन १० जस्तै देखिए पनि यसमा नयाँ सुविधा थपिने छन् ।
ब्लुलाई फरक पार्नका लागि माईक्रोसफ्टले नयाँ एप्सहरु समेत डिजाईन गरिरहेको बुझिएको छ । ब्लुको स्टार्ट स्क्रीनमा नै थपिने क्याल्कुलेटर, अलार्म, साउण्ड रेकर्ड, स्काई ड्राईभ जस्ता एप्सले प्रयोगकर्तालाई झनै फाईदा हुनेछ । यसैगरी विण्डोज ब्लुमा स्टार्ट स्क्रीनमा आउने लाईभ टाईल्सको साइज परिवर्तन गर्न सकिने सुविधा हुनेछ । विण्डोज ८ मा सामान्य क्लिकमा पनि लाईभ टाइल्स यताउता सार्ने समस्याबाट दिक्क हुनेहरुले विण्डोज ब्लुुमा यो समस्या झेल्नु पर्दैन ।
यस बाहेक ब्लुमा स्क्रीन पर्सनलाईजेसन गर्नकालागि सुविधा थपिने छन् । मुख्य गरी ब्लुमा विण्डोज ८ मा देखिएका अधिकांश समस्या हटेर जाने छ । विण्डोज ब्लुको व्यापक चर्चा भईरहकै समयमा यस बारेमा समेत दुई थरी धारणा आएकाछन् । एक थरि विण्डोजको नयाँ भर्सन भनि रहेका छन् भने अर्का थरी विण्डोज ८ को अपडेट भनि रहेका छन् । यसको टुंगो भने माईक्रोसफ्टले मात्रै लगाउन सक्छ ।

Tata
GBIME
Nepal Life