गुगल एन्ड्रोइडको विकल्प खोज्दै सामसङ्ग, नयाँ स्मार्टफोनमा टाइजन सफ्टवेयर प्रयोग हुने

बिजमाण्डू
२०६९ चैत्र १४ गते ००:०० | Mar 27, 2013
गुगल एन्ड्रोइडको विकल्प खोज्दै सामसङ्ग, नयाँ स्मार्टफोनमा टाइजन सफ्टवेयर प्रयोग हुने

लण्डन । स्मार्ट फोनको भीडमा आफनो फरक पहिचान बनाएको कम्पनी सामसुङ्गले गुगलको एन्ड्रोइड सिस्टमको विकल्प खोज्ने भएको छ । कम्पनीले टाइजन अपरेटिङ सिस्टममा आधारीत आफ्नो हाइ एण्ड स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले नयाँ स्मार्टफोनलाई अगस्टमा बजारमा ल्याउने छ । सामसुङ्गले बजारमा ल्याएका ९६ प्रतिशत स्मार्टफोन गुगल एन्ड्रोइ सिस्टममा आधारित छन् । यसबाट कम्पनीले सफलता पनि पाएको छ । बजारमा अन्य मोबाइलका तुलनामा सामसङ्गका मोबाइलको बर्चस्व पनि छ तर पनि कम्पनीले आफ्नो अवस्थालाई अझ बलियो बनाउन गुगल एन्ड्रोइडको विकल्प खोजेको हो ।
नयाँ नयाँ प्रविधिको प्रयोग गर्न चाहने प्रयोगकर्ताका लागि यो खुसीको खबर हो । तर एन्ड्रोइडको प्रयोग गरिरहेको चर्चित कम्पनी एप्पल र गुगललाई भने यो चुनौतीको विषय बनेको छ । किनकि नयाँ प्रविधिको प्रयोगका लागि पनि उपभोक्ताले सामसुङ्गलाई पछ्याइरहेका छन । तर एन्ड्रोइड सिस्टमको विकल्प खोज्नु कम्पनीका लागि सहज नहुन सक्ने अनुमान विश्लेषकको छ । गुगलको एन्ड्रोइड ४ मा प्रयोग गरिएको आइसक्रिम सेन्डवीच डिजाइनको तुलनामा आइओएसको अपरेटिङ्ग सिस्टम भद्दा देखिन्छ । यसैपनि गुगलको एन्ड्रोइड ४ अत्यधिक मनपराइएको सफ्टवेयर हो ।

Tata
GBIME
Nepal Life