आजदेखि सर्वसाधरणलाई पनि फोरजी वाइम्याक्स इन्टरनेट, कति पर्छ महसुल ? विवरणसहित

बिजमाण्डू
२०६९ चैत्र १२ गते ००:०० | Mar 25, 2013
आजदेखि सर्वसाधरणलाई पनि फोरजी वाइम्याक्स इन्टरनेट, कति पर्छ महसुल ? विवरणसहित

काठमाडौं । नेपाल टेलिकमले बुधवारदेखि सर्वसाधरण उपभोक्ताकालाई पनि चौथो पुस्ताको वाइम्याक्स प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । यसअघि कम्पनीले यस्तो सेवा संस्थागत ग्राहकलाई मात्रै उपलब्ध गराउँदै आएको थियो । सर्वसाधरणलाई वाइम्याक्स प्रविधिको इन्टरनेट सेवा प्रदान गर्न टेलिकमले एयरम्याक्स टेक्नोलोजी र युनिटेक नेटवर्कसँग सहकार्य गर्न लागेको जानकारी टेलिकमले जारी प्रेस विज्ञप्तिमा छ । टेलिकमले यी दुई कम्पनीसँग वाइम्याक्स सञ्चालन गर्ने उपकरण सिपिईलाई बन्डलिङ्ग गरी विक्री गर्न लागेको हो ।
वाइम्याक्स प्रविधि काठमाडौंको सुन्धारा, जावलाखेलस्थित कम्पनीको काउण्टर, पुतलीसडक, दरवारमार्ग, कुपण्डोल र नयाँवानेश्वरस्थित निजी कम्पनीका विक्री केन्द्रबाट उपलब्ध हुने जानकारी दिएको छ । दुई निजी कम्पनीहरुले काठमाण्डौ उपत्यका वाहिरका सर्वसाधारणलाई सहजरुपमा सेवा तथा उपकरण उपलब्ध गराउनका लागि विराटनगर, पोखरा, चितवन, वुटवल, धनगढी र महेन्द्रनगरमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरी बिक्री वितरण गर्ने तयारीसमेत गरिरहेको टेलिकमले जानकारी दिएको छ ।
कम्पनीको  वाईम्याक्स  सेवा  हाल  कर्णाली  अञ्चलवाहेक  मुलुकका  १३  अञ्चलका  ४९  जिल्लामा  सञ्चालनमा आइसकेको छ । बाँकी स्थानमा आगामी २ महिनाभित्र सेवा सञ्चालनमा ल्याउने योजनाअनुरुप हाल उपकरण जडानको कार्य भइरहेको छ । गत कार्तिक २७ गते देखि काठमाण्डौ उपत्यकाबाट सञ्चालन शुरु भएको यो सेवा पहिलो चरणमा व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, वित्तीय संस्था, कुटनैतिक नियोग, पर्यटन व्यवसायी, सरकारी, अर्धसरकारी र गैरसरकारी निकायलगायत संघसंस्थाहरुलाई बिक्री वितरण गरिएको थियो ।

Tata
GBIME
Nepal Life

कति छ महसुल

वाइम्याक्स नेपालमा उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा आधुनिक प्रविधिको इन्टरनेट सेवा भएको र यो सेवा आउटडोर, इनडोर युएसबी डोन्गल गरी तीन प्रकारले सञ्चालन गर्न सकिने जानकारी टेलिकमले दिएको छ । आउटडोर डिभाइस टावरले १५ किलोमिटर, इन्डोर डिभाइसले पाँच किलोमिटर र युएसबी डोन्गलले दुई किलोमिटर टाढासम्म इन्टरनेट चलाउन सकिने टेलिकमले जानकारी दिएको छ ।
टेलिकमले यो सेवा २५६, ५१२ र एक एमबीपिएसमा र त्योभन्दा बढी क्षमता पनि उपलब्ध भएको जानकारी दिएको छ । यसका लागि एक महिने, तीन महिने र एक वर्षको प्याकेज तयारगरिएको छ । तीन किसिमको प्याकेजमध्ये सुरुको तीन महिनाको महसुलमा ५० प्रतिशत छुट प्रदान गरिने टेलिकमले जानकारी दिएको छ । एक वर्षको प्याकेज एकमुष्ट खरिद गर्दा १५ प्रतिशत छुटको व्यवस्था गरिएको तथा मुलुकका सबै गाविस वा गाविसले सिफारिश गरेको एक स्थानमा २५६ केविपिएस क्षमताको सेवा खरिद गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको पनि टेलिकमले जानकारी दिएको छ ।