नोकियाले बजारमा ल्यायो सवैभन्दा सस्तो विण्डोज फोन, बजारमा बर्चश्व पुर्नस्थापितको प्रयास

बिजमाण्डू
२०६९ चैत्र ११ गते ००:०० | Mar 24, 2013
नोकियाले बजारमा ल्यायो सवैभन्दा सस्तो विण्डोज फोन, बजारमा बर्चश्व पुर्नस्थापितको प्रयास


लुमिया ५२० को टुजी टक टाईम १४.८ घण्टा र थ्रिजी टक टाईम ९.६ घण्टा छ भने इयरफोन लगाएर ६१ घण्टासम्म गित सुन्न सकिन्छ

Tata
GBIME
Nepal Life

नयाँदिल्ली । नोकियाले भारु १० हजार ५ सय मूल्य राखेर विश्वकै सस्तो विण्डो फोन सार्वजनिक गरेको छ । अघिल्लो साता सार्वजनिक भएको लुमिया ५२० यसै सातादेखि भारतीय बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । लुमिया ५२० सँगै कम्पनी मध्यम रेञ्जको लुमिया ७२० पनि सार्वजनिक गरिएको छ । लुमिया ७२० को मूल्य २० हजार भारु पर्नेछ ।

विण्डोज ८ अपरेटिङ सिस्टम भएका दुवै फोनहरु बजारमाल् याउँदै लो तथा मिड रेञ्जको स्मार्टफोन मार्केटमा सामसुङको वर्चस्व कम गर्ने रणनीतिअनुरुप नोकिया बजारमा उत्रेको हो । नोकियाले दुवै फोनहरु बार्सिलोनामा फेब्रुअरीमा भएको मोबाईल बल्र्ड कंग्रेसका दौरान सार्वजनिक गरेको थियो ।
सवैभन्दा सस्तो विण्डोज फोन भनिएको लुमिया ५२० मा एक गेगाहर्जको डुअल कोर प्रोसेसर एवं ५१२ एमबिको ¥याम छ । यसैगरी यो स्मार्टफोनमा ८ जिबीको इन्टरनल स्टोरेज रहने छ भने मेमोरी कार्डलाई ६४ जिबीसम्म बढाउन सकिन्छ । यो सेटमा ५ मेगापिक्सलको कार्ल जेसिज लेन्स भएको क्यामरा पनि छ । ४ इञ्चको डिस्प्ले भएको लुमियामा माईक्रोसफ्टको अफिस प्याकेज र एडोब रिडर प्रि–इन्स्टल्ड नै हुनेछन । लुमिया ५२० को टुजी टक टाईम १४.८ घण्टा र थ्रिजी टक टाईम ९.६ घण्टा छ भने इयरफोन लगाएर ६१ घण्टासम्म गित सुन्न सकिन्छ ।
लुमिया ५२० भन्दा गुणस्तरीय लुमिया७ २० को डिस्प्ले साईज ४.३ इञ्चको छ भने यसको मुख्य क्यामरा ६.७ मेगापिक्सेलको छ । यसैगरी ७२० मा १.३ मेगापिक्सेलको फ्रण्टक्यामरा पनि छ । उच्च व्याट्रि क्षमता हुने भनिएको यस स्मार्टफोनको टुजीटक टाईम २३.४ घण्टा र थ्रिजी टकटाईम १३.४ घण्टा छ । स्न्याप ड्रागनको एक गेगाहर्जको एस थ्रीप्रोसेसर भएको लुमिया ९२० मा ५१२ एमबिको ¥याम छ । यसमा ८ जीबीको इन्टरनल मेमोरी छ भने मेमारी कार्ड राखेर ६२ जीबीसम्म बढाउन सकिन्छ । यसका अलावा यो सेट खरिदकर्ताले सात जीबीको क्लाउड स्टोरेज समेत प्राप्त गर्नेछन् । लुमिया ७२० मा वायरलेस चार्जिङको सुविधा पनि छ ।