युट्युवबाट फेसबुकलाई थपियो चुनौती, फेसबुकको सदस्य एक अर्ब, युट्युव हेर्ने पनि अर्ब नाघे

बिजमाण्डू
२०६९ चैत्र ९ गते ००:०० | Mar 22, 2013
युट्युवबाट फेसबुकलाई थपियो चुनौती, फेसबुकको सदस्य एक अर्ब, युट्युव हेर्ने पनि अर्ब नाघे


न्युयोर्क । अनलाईन भिडियो सेयरिङ वेबसाईट युट्युबका नियमित प्रयोकर्ताहरुको संख्या एक अर्ब नाघेको छ । युट्युव संचालन गर्ने कम्पनी गुगलकाअनुसार हालसालै युट्युवबले यो संख्या पार गरेको हो । कम्पनीकाअनुसार मासिक रुपमा एक अर्ब भन्दा बढी मानिसले यट्युव हेर्ने गर्छन । गुगलले हालका वर्षहरुमा स्मार्टफोनको प्रयोग उच्च दरमा बढिरहेकोले प्रयोगकर्ताको संख्यमा उच्च वृद्धि संभव भएको बताएको छ ।
युट्युबको लोकप्रियताले गुगललाई आम्दानीको नयाँ भरपर्दा माध्यम प्राप्त भएको छ । गुगलले युट्युवमार्फत विभिन्न विज्ञापनहरु गर्ने गरेको छ भने युट्यूवमा नै कम्पनीहरुलाई च्यानल खोल्ने सुविधासमेत प्रदान गरिरहेको छ । युट्यव २००५ देखि संचालनमा छ । पेपालका तीनपूर्व कर्मचारीहरुले युट्युवको सुरवात गरेका हुन । युट्युवका पहिलो भिडियो यसका सहसंस्थापक जावेद करिबले पोष्ट गरेका थिए जसको शिर्षक ‘मि एट जु’ थियो ।
गुगलले २००६ मा १.७६ अर्ब अमेरीकी डलर खर्चेर युट्युव किनेको हो । सो समयमा यसका प्रयोगकर्ताको संख्या ३ देखि ४ करोडको हाराहारीमा थियो । पछिल्ला वर्षहरुमा सोसियल नेटवर्किङ साईटको लोकप्रियता बढेसँगै युट्युबका प्रयोगकर्ताहरु बढेका हुन । हाल विश्वको ठूलो सोसियल नेटवर्किङ वेबसाईटका रुपमा रहेको फेसबुक प्रयोगकर्ताहरुको संख्या गत अक्टोवरमा एक अर्ब नाघेको थियो ।

Tata
GBIME
Nepal Life