एचडिसी ब्राण्डका ट्याव्लोइड, फ्याबलोइड र मोवाइल नेपालमा, मूल्य सातदेखि १८ हजारसम्म

बिजमाण्डू
२०६९ चैत्र ८ गते ००:०० | Mar 21, 2013
एचडिसी ब्राण्डका ट्याव्लोइड, फ्याबलोइड र मोवाइल नेपालमा, मूल्य सातदेखि १८ हजारसम्म

काठमाडौं । इन्कटेक मोबाइलले एचडिसी ब्राण्डका ट्याबलोइड, फ्याबलोइड र मोबाइल फोन बजारमा ल्याएको छ । ताम्राकार कम्प्लेक्सको पसल न ६९ बाट पहिलो पटक बिक्रीमा ल्याएको इन्कटेक इन्डस्ट्रिज प्राइभेट लिमीटेडले बजारमा ल्याएका ब्राण्डको ट्याबलेटमा पिपो स्मार्ट एस टु, एस वान र सफल सेभेन छन् भने फ्याबलेटमा जेनिनथिंक एन ६ रहेको छ ।

Tata
GBIME
Nepal Life

एन्ड्रोइड सिस्टमबाट चल्ने यी ट्याबलोइडको मुल्य सात हजार पाँच सयदेखि १७ हजार रुपैयासम्म छ । कम्पनीले एन्ड्रोइड एचडि मोबाइल पनि बजारमा ल्याएको छ । दुइवटा सिमकार्ड लाग्ने यो मोबाइल प्लास्टिक र मेटल प्रयोग भएको बडीमा  छ । मोवाइलमा ३२ जिबी सम्मको एक्सपान्डेबल मेमोरी प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । १८ हजार मुल्य रहेको यो मोबाइलमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ भने मोबाइलमा ४.२ जेलिबिन अपरेटिङ सिस्टम छ ।
बजारमा पाउने बिभिन्न ब्राण्डका फ्याबलेट र ट्याबलोइडको तुलनामा कम्पनीले स्तरीय सामान ल्याएको र बिक्रीपछिको सुबिधामा बिशेष ध्यान दिइएको कम्पनीका प्रबन्ध निर्देशक जितेन्द्र महर्जनले जानकारी दिए । उनले केहिदिन भित्रमा नै यी ब्राण्डका मोबाइल तथा ट्याबलोइड काठमाडौंका अन्य पसलहरुबाट पनि बिक्रीमा ल्याइने योजना रहेको बताए ।