के सस्ता होलान स्मार्टफोन ? गुगल अध्यक्ष एरिकले भने ५० डलरमा पाइनेछ स्मार्टफोन

बिजमाण्डू
२०६९ चैत्र ८ गते ००:०० | Mar 21, 2013

नयाँदिल्ली । आगमी दिनमा स्मार्टफोन अझ स्मार्ट हुने छन्, साथसाथै सस्ता पनि हुनेछन् । सिएनबीसी आवाजसँग कुराकानी गर्दै गुगलका अध्यक्ष एरिक स्मिथले भने, अब त्यो समय त्यति धेरै टाढा छैन्, जहाँ ५० डलर(चार हजार नेपाली रुपैयाँ)मा स्र्माटफोन पाइनेछ । उनले भने गुगल पनि यही कुरामा केन्द्रित छ, कसरी कमभन्दा कम मूल्यमा स्मार्टफोन बनाउन सकिन्छ ।
उनले अबको समय मोवाइल भएको समेत बताए, अब कुनै पनि कम्पनी स्मार्टफोन र त्यस्ता उत्पादनको उपेक्षा गर्न सक्दैनन् जसमा मोवाइल एप्लिकेशन चल्छ । उनले भने, मोवाइललाई यसरी कृत्रिम रुपमा चनाखो बनाउन जरुरी छ, जसरी म के चाहन्छु मेरो मोवाइल यो कुरा बताओस, मैले के गर्नुछ ? कसलाई भेट गर्नुछ ? मैले के भनें, के गलत बोलें ? यो सबै मोवाइलले बताउन सकोस् ।

Tata
GBIME
Nepal Life