सामसङ्ग ग्रान्डको नेपाली बजारमा विक्री सुरु, मूल्य साढे ३७ हजार, शुन्य किस्तावन्दीमा पनि

बिजमाण्डू
२०६९ चैत्र ४ गते ००:०० | Mar 17, 2013

काठमाडौं । सामसुङ्ग ग्यालाक्सी ग्रान्डको आइतवारदेखि नेपाली बजारमा बिक्री सुरु भएको छ । नेपालभर सामसुङ्ग मोवाइल फोन बिक्री वितरण गर्ने एक मात्र अधिकार प्राप्त इन्टरनेशनल मार्केटिङ्ग सभिसेज (आईएमएस)ले यो बिक्री वितरणको व्यवस्था गरेको हो । नेपाली बजारमा सामसुङ्गका १८ सय देखि ७० हजारसम्म पर्ने करिब २० प्रकारका फोन सेटहरु बिक्री वितरण भैरहेका छन ।

पछिल्लो प्रविधीको सबै उच्चस्तरीय सुविधा उपलव्ध हुने यो फोन सेटमा दुई वटा जिएसएम सिम लाग्छ । पाँच इन्च स्क्रिन रहेको यो मोवाइल सेटमा इन्टरनेट र अन्य एप्लिकेसन्स सजिलैस“ग चलाउन मिल्छ । थ्रीजी सुविधायुक्त यो सेटमा अगाडि र पछाडि दुवै तर्फ क्यामराको सुविधा उपलव्ध छ ।
यो सेटमा एन्ड्रोइड जेली विन, आठ मेगापिक्सेलको क्यामरा, मल्टि विन्डो लगायतका सुविधा छन् । यो मोवाइलमा एकै पटकमा स्क्रिन नबदली एक पटक दुइ काम गर्न सकिन्छ । ट्याबलेट र उच्चस्तरीय स्मार्ट फोनको फ्युजनको रुपमा यसलाई सामसुङ्ग कम्पनीले बजारमा ल्याएको हो । यो मोवाइल सेट भारतीय बजारमा केही साताअघि मात्रै बिक्रीमा आएको छ । यो फोन सर्वसाधरण उपभोक्ता समक्ष सहज रुपमा पुगोस भन्नका लागी कम्पनीले विभिन्न सम्बद्ध निकायसँग मिलेर विषेश व्यवस्थाहरु गरेका छ । यो मोवाइल सेटको बजार मूल्य साढे ३७ हजार रुपैयाँ रहेको कम्पनीले आइतवार जारि प्रेस विज्ञप्तिमा छ ।
ग्रान्ड मोवाइल सेट एकमुष्ट पैसा तिरेर खरिद गर्न नसक्नेहरुका लागी विभिन्न बैक मार्फत शुन्य व्याजरदरमा १२ महिने किस्ताबन्दीमा बिक्री गर्न व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी विगतमा हामीले उपभोक्ताहरुलाई ग्यालग्सी एस थ्री र नोट टुमा उपलव्ध गराएको बिमाको सुविधा यो सेटमा पनि उपलव्ध हुनेछ । सेटमा एक वर्षको बिमा कम्पनीकै तर्फबाट निशुल्क गरिनेछ ।
बिमा अन्र्तगत फोन झरेर स्क्रिन फुटे, पानीमा डुबेर मुख्य बोर्डले काम नगरे लगायतका अकल्पनीय कारणले क्षति भए इन्सुरेन्स कम्पनीले क्षतिको रकम भर्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले शनिवार सा“झ कार्यक्रमको आयोजना गरेर नेपालमा यो मोवाइलको लञ्च गरेको थियो । त्यस्तै यो सेटको खरिदमा ग्राहक माहानुभावहरुलाइ प्रति महिना एनसेलको ५०० एमबि डाटा तीन महिनासम्मको लागि पनि उपलव्ध गराइएको छ ।

Tata
GBIME
Nepal Life