बजार बिस्तारमा कजारिया रमेश टायल्स, चितवनको रत्ननगरमा सञ्चालनमा ल्यायो नयाँ शोरुम



बिजमाण्डू
२०८३ जेठ २६ गते १६:२६ | Jun 9, 2026
बजार बिस्तारमा कजारिया रमेश टायल्स, चितवनको रत्ननगरमा सञ्चालनमा ल्यायो नयाँ शोरुम

काठमाडौं। कजारिया रमेश टायल्सले बजार बिस्तारका क्रममा चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले चितवन हार्डवेयर एण्ड सेनेटरीसँग मिलेर शोरुम सञ्चालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीका कन्ट्री म्यानेजर अभ्यास तिवारी र २०२५ की मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारीले शोरुम उद्‍घाटन गरेका छन्। रत्ननगर र आसपासका बासिन्दाले कजारियाका सिग्नेचर फ्लोर र वाल टायल्स शोरुममा किन्न सक्नेछन्।

शोरुमका कारण रत्ननगरबासीलाई आफ्नो घर वा परियोजनाका लागि उपयुक्त डिजाइन, टेक्स्चर र फिनिसिङ छनोट गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ।