एसिया कप छनोट : नेपाली फुटबल टोली मलेसियासँग पराजित, अर्को खेल लाओसविरुद्ध

बिजमाण्डू
२०८१ चैत्र १२ गते २१:५५ | Mar 25, 2025
एसिया कप छनोट : नेपाली फुटबल टोली मलेसियासँग पराजित, अर्को खेल लाओसविरुद्ध
फाइल फोटो एन्फा


काठमाडौं। नेपाली फुटबल टोली मलेसियासँग पराजित भएको छ। एएफसी एसिया कप छनोट अन्तर्गत समूह ‘एफ’को खेलमा नेपाल घरेलु टोली मलेसियासँग २-० गोलअन्तरले पराजित भएको हो।

Tata
GBIME

मलेसियाको सुल्तान इब्राहिम स्टेडियममा सम्पन्न खेलमा २९ औँ मिनेटमा हेक्टर हेभलले गोल गर्दै मलेसियालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा नेपाल एक गोलले पछि रह्यो। खेलको ७१ औँ मिनेटमा ला भेरे कोर्बिनले मलेसियाको अग्रता दोब्बर बनाए।

जितसँगै मलेसिया ३ अंक बनाएर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्षस्थानमा भियतनाम समान ३ अंकसहित छ। आजै सम्पन्न अर्को खेलमा भियतनामले लाओसलाई ५-० गोलअन्तरले हराएको थियो। अंकविहीन नेपाल तेस्रो र लाओस चौथो स्थानमा छन्।

नेपाली टोली केहीदिनअघि सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल खेलेर मलेसिया गएको थियो। सिंगापुरविरुद्ध भने नेपालले १-० गोलको जित निकालेको थियो।

नेपालले आगामी खेलमा लाओसविरुद्ध जुन १० मा खेल्नेछ।