Bizmandu
www.bizmandu.com

About Us


Durbarmarg Kathmandu Nepal
Ph. 014227212/ 014227242
email : bizmandu@bizmandu.com

विज्ञान अधिकारी
सम्पादक     

हिमालय टाइम्सबाट आर्थिक पत्रकारिता सुरु गरेका अधिकारी आर्थिक पत्रकारहरुको संस्था सेजनका पूर्व अध्यक्ष हुन्। नागरिक दैनिकको स्थापना कालदेखि नै आर्थिक ब्युरोमा आवद्ध हुनुअघि उनी नयाँ पत्रिका दैनिकमा आर्थिक ब्युरो प्रमुख थिए। एचबिसी तथा गोर्खा एफएममा आर्थिक कार्यक्रम सञ्चालकको रुपमा उनले आर्थिक पत्रकारिताको अनुभव पनि बटुलेका छन्। उनी २०७३ कात्तिक २४ देखि बिजमान्डूका सम्पादक हुन्।

 


 

सरोज काफ्ले
सल्लाहकार सम्पादक    

साप्ताहिक पत्रिका पुनर्जागरणबाट व्यवसायिक रुपमा पत्रकारिता सुरु गरेका काफ्लेले आर्थिक पत्रकारितामा करिब डेढ दशक बिताइसकेका छन्। राजधानी दैनिकमा संवाददाताका रुपमा दुई वर्ष र अन्नपूर्ण पोष्टमा एक दसकभन्दा बढी सम्वाददाता, करेस्पोन्डेन्ट र आर्थिक व्यूरो चिफको भूमिकामा काम गरेका थिए। २०७० साउन १ देखि बिजमाण्डूका सम्पादक उनी ग्रामिण विकास विषयमा स्नातकोत्तर छन्। हाल उनी अध्ययनका लागि अमेरिकामा छन्।


सुदर्शन सापकोटा
सह-सम्पादक    
२०६१ सालदेखि पत्रकारितामा सक्रिय सापकोटा २०६३ सालदेखि आर्थिक पत्रकारितालाई प्रमुख विधा बनाएर केन्द्रित छन्। नागरिक दैनिकको स्थापना कालदेखि उनले वित्तीय र पूँजी बजार विषयकेन्द्रित समाचार लेख्दै आएका थिए। त्यसअघि विराटनगरबाट प्रकाशित हुने दर्शन दैनिक, हिमालय टाइम्स, गोरखापत्र, आर्थिक अभियान साप्ताहिक र नयाँ पत्रिका दैनिकमा काम गरेका थिए। उनी २०७० फागुन १ गतेबाट बिजमाण्डूमा आवद्ध छन्।


प्रभात भट्टराई
रिपोर्टिङ चिफ    

आर्थिक अभियान साप्ताहिक (हालको दैनिक) बाट २०६३ देखि पत्रकारिता थालेका भट्टराई आर्थिक र वित्तीय विषयमा रिपोर्टिङ गर्न रुचि राख्छन्। अभियानपछि नयाँ पत्रिका दैनिकमा दुई बर्ष र साप्ताहिक खबर पत्रिका हिमालमा चार बर्ष काम गरेका भट्टराई २०७० पुसदेखि बिजमान्डूमा आबद्ध  छन्। भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र पत्रकारितामा स्नातक  एवं चीनको थोङ्ची (Tongji) विश्वविद्यालयबाट दीगो विकासमा स्नातकोत्तर गरेका छन्। 

 


भावना शर्मा 
उपसम्पादक    
१५ वर्षदेखि छापा, रेडियो र टेलिभिजन पत्रकारितामा संलग्न शर्मा २०७३ मंसिरदेखि बिजमाण्डूसँग आवद्ध छिन्। कम्युनिकेसन कर्नरबाट पत्रकारिता सुरु गरेकी शर्मासँग नेपाल एफएम, सगरमाथा टेलिभिजन, एबिसि रेडियो, एबिसि टेलिभिजन तथा नयाँ पत्रिका दैनिकको कार्यअनुभव छ। पत्रकारितामा स्नातकोत्तर शर्माका ‘जुनको आतंक’ कविता संग्रह र स्वर्गीय रामराजाप्रसाद सिंहको आत्मबृतान्त ‘गणतन्त्रका प्रणेता’ पुस्तक प्रकाशित छन्।



सविन मिश्र
समाचार संयोजक     
सविन मिश्रले कारोबार दैनिक, उज्यालो रेडियो र अनलाइन, नयाँ पत्रिका दैनिक र The Himalayan Times दैनिकमा आर्थिक पत्रकारिता गरिसकेका छन्। यसअघि २०७१ भदौ- २०७२ चैतसम्म बिजमाण्डूमा आवद्ध रहेका उनी त्रिभुवन विश्व विद्यालयबाट पत्रकारितामा स्नातकोत्तर हुन्। आर्थिक नीति, बजेट प्रणाली र वित्तीय विषयमा उनको रुचि छ। विभिन्न सञ्चारमाध्यममा आवद्ध रहँदा अर्थतन्त्रसँग जोडिएका विषयहरुमा उनले रिपोर्टिङको अनुभव हासिल गरेका छन्।

अमर बडुवाल
संवाददाता    
किरण खेलकुद साप्ताहिक पत्रिकाबाट २०६३ सालदेखि पत्रकारिताको सुरुवात गरेका बडुवालले २०६४ देखि २०६६ सम्म सुदूरसन्देश दैनिकमा काम गरेका छन्। आर्थिक पत्रकारितामा कृषि र घरजग्गाको रिपोर्टिङमा रुची राख्ने बडुवाल २०७३ असारदेखि बिजमान्डूमा आवद्ध छन्। बडुवालले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसत्र्चार केन्द्रीय विभागबाट स्नातकोत्तर गरेका छन्।

 

दिनेश खड्का 

संवाददाता     

'सहकारी नेपाल' मासिक पत्रिकामार्फत २०७२ सालबाट पत्रकारिता सुरु गरेका खड्का विकास निर्माण र  पुर्वाधार सम्वन्धि रिपोर्टिङमा रुची राख्छन्। २०७३ साल फागुनदेखि बिजमाण्डूमा आबद्ध  छन्। खड्का त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त जया मल्टिपल क्याम्पसमा पत्रकारिता विषयमा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत छन्।





सुवास निरौला

संवाददाता    

२०५७ सालदेखि कोशी एफएम बिराटनगरबाट रेडियो कार्यक्रम प्रस्तोताका रुपमा करियर सुरु गरेका निरौला २०६३ सालदेखि काठमाडौँस्थित गोर्खा एफएममा कार्यक्रम प्रस्तोताकाकै रुपमा छिरेका थिए। उनले त्यहाँ कार्यक्रम संयोजकसम्मको भूमिका निर्बाह गरेका थिए। निरौलाले २०७२ मा बिराटनगरस्थित रेडियो स्टारमा स्टेसन म्यानेजरको अनुभव बटुलेका छन्। निरौला २०७३ देखि बिजमाण्डूमा कार्यरत छन्।

अरुण सापकोटा
संवाददाता    
इमेज न्युज एफएम १०३.६ मा २०७० बाट प्रशिक्षार्थी पत्रकारका रुपमा  पत्रकारिता सुरु गरेका सापकोटासँग युनाइटेड नेसन अफिस सपोर्ट प्रोग्राम (UNOPS) मा छ महिना काम गरेको अनुभव छ। त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार केन्द्रीय विभागबाट स्नातकोत्तर उनी नेपाल ल क्याम्पसमा एलएलवी तेस्रो वर्षमा अध्ययनरत छन्। सापकोटा २०७३ चैत्रबाट बिजमाण्डूमा आवद्ध छन्। उनी पूँजी बजार तथा बीमा क्षेत्रका बारेमा रिपोर्टिङमा रुची राख्छन्।  

वसन्तराज उप्रेती

संवाददाता    

उप्रेतीले २०७१ माघदेखि पत्रकारिता सुरु गरेका हुन्। आर्थिक पत्रकारिता अन्तर्गत ग्याजेट्स, दूरसंचार, अटो, पर्यटन, व्यापार बजार रिपोर्टिङमा रुचि राख्ने उप्रेती २०७४ साउनदेखि बिजमाण्डूमा आवद्ध छन्। उप्रेतीले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार केन्द्रीय विभागबाट स्नातकोत्तर गरेका छन्। 







कविराज लम्साल

मार्केटिङ प्रमुख    

नागरिक दैनिकको स्थापनाकालदेखि सर्कुलेसनको जिम्मेवारी सम्हालेका लम्सालसँग कारोबार दैनिकमा मार्केटिङ एक्जिक्युटिभमा काम गरेको अनुभव छ । कारोबारमा ४ वर्ष काम गरेपछि उनी हाल बिजमाण्डूसँग आवद्ध छन् । व्यवस्थापन संकायमा स्नातक सकेका उनी यस प्रालिका मार्केटिङ विभाग प्रमुख हुन् ।








 


उमेश श्रेष्ठ
सम्पादक     
युनिकोडमा आधारित नेपाली भाषाको पहिलो इन्डेपेन्डेन्ट समाचार पोर्टल परेवा डट कमका सम्पादक रहेका उनी ब्लगर सालोक्यका रुपमा पनि चिनिन्छन्। १० वर्षदेखि उनले सञ्चालन गर्दैआएको माइसंसार देशविदेशका पाठकमाझ परिचित छ। नागरिकन्युजको स्थापना कालदेखि चार वर्षसम्म उनी अनलाइन संयोजक थिए। त्यसपछि करिब एक वर्ष अन्नपूर्ण पोस्टको डेपुटी डिजिटल एडिटर भए। छापा पत्रकारितामा नयाँ सडक र स्पेसटाइम दैनिक, टेलिभिजन पत्रकारितामा च्यानल नेपाल र एभिन्युज टेलिभिजनको अनुभवसमेत हासिल गरेका उनी त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर हुन्।  editor@pahilopost.com

ऋषिकेश दाहाल
सह- सम्पादक     
२०५७ साल देखि पत्रकारितामा सक्रिय ऋषिकेश दाहालले यसअघि नागरिकन्युज डट कम, कान्तिपुर पब्लिकेसन्सको नेपाल म्यागेजिन, स्पेसटाइम दैनिक, नयाँ सडक दैनिकमा काम गरिसकेका छन्। उनी त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता अध्ययन, अध्यापन र अनुसन्धानमा पनि संलग्न छन्। rishi@pahilopost.com

अनन्त कोइराला
संवाददाता     

अन्नपूर्ण पोस्ट्मा एक वर्ष डिजिटल संवाददाता भएर काम गरेका कोइरालाले मदन पुरस्कार पुस्तकालयमा अनुसन्धाता र जगदम्बा प्रकाशनमा सह-सम्पादकको रूपमा २ वर्ष काम गरेका थिए। उनी त्रिभुवन विश्वविद्यालयबाट आम सञ्चार  तथा पत्रकारितामा स्नातकोत्तर हुन्। हाल उनी जापानमा छन्।  ananta@pahilopost.com

 




स्वेच्छा राउत  
संवाददाता     
सटिक टिप्पणीका कारण माइक्रोब्लगिङ साइट ट्विटरमा स्वेच्छा राउत परिचित नाम हो। स्नातक तहमा पत्रकारिता तथा आम सञ्चार र अङ्ग्रेजी साहित्य अध्ययनरत राउत सामाजिक विषयमा कलम चलाउँछिन्। जीवनशैली, मनोरञ्जन र साहित्य उनको सौखका विषय हुन्। छोटा कथाहरुमा पनि उनको रुचि छ। पहिलोपोस्टमा स्वेच्छा फागुन २०७२ देखि आवद्ध छिन्। rswechhya@pahilopost.com

गोविन्दराज नेपाल
संवाददाता     
अन्नपूर्ण पोस्ट दैनिकबाट खेलकूद बिटको रिपोर्टिङ सुरु गरेका गोविन्दले नेपाल जापान डट कम अनलाइन, एभिन्युज टेलिभिजन र खरीबोट अनलाइनमा खेलकुद संवाददाताका रुपमा काम गरे। उनले पत्रकारिता र अंग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन्। नेपाल २०७३ जेठबाट पहिलोपोस्टमा आवद्ध छन्। govinda@pahilopost.com


सविन ढकाल
संवाददाता     
फिल्मी कुरा टेलिभिजन कार्यक्रमबाट पत्रकारिता सुरुवात गरेका सविनले सगरमाथा टेलिभिजनमा चार वर्ष रिपोर्टिङ गरे। उनले त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। हाल उनी पत्रकारितामा स्नातक तहमा अध्ययनरत छन्। उनी २०७३ जेठदेखि पहिलोपोस्टमा आवद्ध छन्। sabin@pahilopost.com