BIZMANDU
www.bizmandu.com

माओवादी फुटका कारणहरु

२०६९ असार ६

आठ वर्षअघिको चुनवाङ बैठकबाट पार्टीले लिएको लोकतान्त्रिक गणतन्त्रको लाइन मन नपराएको माओवादीको एउटा समूह उपाध्यक्ष मोहन वैद्य ‘किरण'को नेतृत्वमा जनविद्रोहमै जाने ढिपी कसिरहेको थियो भने अध्यक्ष पुष्पकमल दाहाललगायत संस्थापन पक्ष उनीहरूलाई जसरी भए पनि थामथुम गर्ने निरन्तर प्रयासमा लागेको थियो। मार्क्सवादी सिद्धान्त र माओवादी विचारधारा खरर्र भन्नसक्ने कम्युनिस्ट विद्वान वैद्यलाई दाहाल र अर्का उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको लचकता वा उनकै भाषामा ‘सैद्धान्तिक विचलन' पटक्कै चित्त बुझेको थिएन। उनी झन्डै ८० वर्षअघि सन् १९३६ मा चीनमा माओले अंगिकार गरेकै बाटोबाट नेपालमा सर्वहारावादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्नेमा दृढ थिए। सिद्धान्तमै भए पनि जनविद्रोहबाट जनताको संघीय गणतन्त्र हासिल हुनेमा उनी सधैं विश्वस्त रहिरहे। तिनै वैद्यले आफ्नो पक्षको राष्ट्रिय भेलामा प्रस्तुत गरेको १७ पृष्ठ लामो ‘जनयुद्धको जगमा जनविद्रोह गर्ने' राजनीतिक प्रतिवेदन कार्यान्वयन गर्न अधिकांश सहभागी सहमत भएपछि माओवादी फुटको औपचारिक घोषणा भएको हो।

Tata
GBIME
Nepal Life
 

२०५१ सालमा जोसँग फुटेर माओवादी गठन भएको थियो, उही एकताकेन्द्रसँग २०६५ सालमा मिसिएपछि एकीकृत माओवादी बनेको यो पार्टीले खुला राजनीतिका झन्डै ६ वर्षमा हासिल गरेको सत्ता र शक्ति वैद्य पक्षलाई खासै बाँडेन। सिद्धान्तमा नयाँ जनवादी क्रान्तिका पक्षपोषक वैद्य समूह विशेषगरी आफूले पार्टी र राष्ट्रिय राजनीतिमा खासै भूमिका नपाएकामा रुष्ट थियो।