BIZMANDU
www.bizmandu.com

पूर्वाधार सम्मेलनमा अर्थमन्त्रीले भने-’विदेशीले नेपालबाट वार्षिक २५% लाभांश लगिरहेका छन्’

२०७६ भदौ २५

Tata
GBIME
Nepal Life

काठमाडौं।अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताले राम्रो प्रतिफल लैजाने गरेको बताएका छन्।

‘नेपालमा लगानी गरेका विदेशी कम्पनीले सबैले कम्तिमा २५ प्रतिशत लाभांश लैजाने गरेका छन्,’नेपाल पूर्वाधार सम्मेलनको अवसरमा बोल्दै उनले भने,’अरु कम्पनीले पनि वार्षिक २५ प्रतिशत भन्दा बढी लाभांश लैजाने अवसर छ।’उनले नेपालमा ऋणमा नभई इक्विटीका रुपमा विदेशी लगानी भित्र्याउन चाहेको समेत बताए।‘हामी विदेशी लगानी चाहन्छौं तर त्यो नेपालभित्रैबाट ऋण लिने नभई इक्विटी हाल्नेनै ल्याउन चाहेका हौं’ अर्थमन्त्री खतिवडाले भने।उनले सामाजिक सुरक्षा खर्च बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे।

‘कुल बजेटको सामाजिक सुरक्षा खर्च १५ प्रतिशत पुगेको छ। यसले स्रोत व्यवस्थापन चुनौंतीपूर्ण छ।’ उनले भने।सरकारले जग्गा तथा वनक्षेत्र प्राप्तिमा सहज हुने गरि केही कानुन संशोधन तथा निर्माणको तयारी गरिरहेको पनि उनले बताए। उनले ठूला लगानीका लागि विदेशबाट लगानी भित्र्याउन हेजिङ फण्डको तयारी समेत भइसकेको बताए।