BIZMANDU
www.bizmandu.com

भारतको पिपिपी मोडलबाट सिकेर पुर्वाधारमा लगानी, चार देशका लगानीकर्ता पैसा लाउन इच्छुक

२०७६ भदौ २५

भारतको पिपिपी मोडलबाट सिकेर पुर्वाधारमा लगानी, चार देशका लगानीकर्ता पैसा लाउन इच्छुक
भारतको पिपिपी मोडलबाट सिकेर पुर्वाधारमा लगानी, चार देशका लगानीकर्ता पैसा लाउन इच्छुक



काठमाडौं। एसियाली विकास बैंकका महानिर्देशक वूचोङ उमले विश्वब्यापी तापमान बृद्धि र जलवायु परिवर्तनका प्रभावलाई मध्यनजर गरेर रेसिलियण्ट पुर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य र नेपालले समृद्धि लक्ष्यलाई जोड्न समुदायमा आधारित पुर्वाधार विकासमा ध्यान दिनुपर्ने बताएका हुन्। उनले ज्ञान, सीप, पैसा र प्रविधी लगानी गर्न सरकार र निजी क्षेत्रले सामुहिक प्रयास गर्नसक्ने बताए। नविन प्रविधीको उत्पादन र उपयोग गर्नुका साथै यातायात पुर्वाधार र शैक्षिक क्षेत्रमा लगानी बढाउन उनले आग्रह गरे। 

नेपाल उद्योग परिसंघले आयोजना गरेको पुर्वाधार सम्मेलनमा बोल्दै उनले नेपालमा एडिबीले पूर्वाधार क्षेत्रमा लगानी बढाउँदै लगेको जानकारी दिए। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पछिल्लो समय नेपालले श्रम ऐनदेखि विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐनलगायत थुप्रै कानूनी सुधार गरेर लगानीको वातारण सुधार्न प्रयास गरेको बताए। 

डुइङ विजिनेशलाई सुधार गर्न नीतिगत र प्रकृयागत सुधारमा लागिएको बताउँदै उनले भारत, चीन, अमेरिका, नर्वेजस्ता मुलुकका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र अरु मुलुकका लगानीकर्ता पनि निरन्तर परियोजनाबारे छलफलमा आइरहेको जानकारी दिए।

कार्यक्रममा  सीएनआईका उपाध्यक्ष विष्णुकुमार अग्रवाल, पुर्व राजश्वसचिव लालशंकर घिमिरे, रकभिल्ड टेक्नोलोजी, अस्ट्रेलियाका सीईओ गोविन्द पाण्डे, एडीबीका पुर्व उपाध्यक्ष डा विन्दु लोहनी लगायतले पछिल्लो समय नेपालमा लगानीको वातारण सुधार भइरहेको बताएका थिए।

उनीहरुले लगानीका नयाँ विकल्पहरुको बारेमा छलफल बढ्दै गएको समेत बताए। उनीहरुले भारतलगायत मुलुकले अघि सारेका सार्वजनिक निजी साझेदारीका समस्याहरुबाट सिकेर अघि बढ्नुपर्ने बताए।