BIZMANDU
www.bizmandu.com

दुई दिनदेखि सुन बजार स्थिर, तोलाको ७१ हजार रुपैयाँमा कारोबार, चाँदी भने १० रुपैयाँले बढ्यो

२०७६ भदौ २५

Tata
GBIME
Nepal Life

बिजमाण्डू। पहेंलो धातु सुनको मूल्य दुई दिनदेखि स्थिर छ। बजारमा छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

सुनमा मंगलबारकै मूल्य बुधबार  कायम रहेपनि चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर आठ सय ८० रुपैयाँमा उक्लिएको छ।

मंगलबार प्रतितोला चाँदी आठ सय ७० रुपैयाँमा कारोबार भएको थियो। 

गत भदौ १८ गते सर्वाधिक महँगिएको सुन प्रतितोला  ७३ हजार पाँच सय रुपैयाँसम्म पुगेको थियो। त्यसयता सुनमा प्रतितोला २५ सय रुपैयाँ सस्तिएको छ।

हाल सुनको भाउ केही घटेपनि बजारमा माग  बढेको छैन। चाडबाडको मौसममा सुनको भाउ लगातार बढेपछि उपभोक्ताको रुची सुन बजारबाट हटेको छ।