BIZMANDU
www.bizmandu.com

जोमसोम जाने योजनामा हुनु हुन्छ भने अहिले नहिँड्नु होला, पहिरोले सडक अवरुद्ध

२०७६ भदौ २५

Tata
GBIME
Nepal Life

गलेश्वर। आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन्।     
     
सडकमा चार दिनदेखि सिधा सवारी अवरुद्ध बनेको छ। सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सडक अवरुद्ध भएको हो। पहिराले सडकको करीब १० मिटर आधार नै भत्काएकाले भिरमा विष्फोटक पदार्थको प्रयोग गरी नयाँ ट्र्याक निर्माणको तयारी गरिएको छ।     
     
डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउने तयारी गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रमान शेरचनले जानकारी दिए। 

उनका अनुसार भत्किएको सडक मर्मतको काम भइरहेको छ। यात्रुले बीच सडकमा सवारी परिवर्तन गर्नुपर्ने बाध्यता छ। मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटक, तीर्थयात्री र सर्वसाधारणलाई सास्ती भएको छ।