BIZMANDU
www.bizmandu.com

नबिल बैंकले माग्यो ६० जना कर्मचारी, ६ वटा बैंक तथा वित्तीय संस्थाले नयाँ कर्मचारी भर्ना गर्दै

२०७६ भदौ २५

नबिल बैंकले माग्यो ६० जना कर्मचारी, ६ वटा बैंक तथा वित्तीय संस्थाले नयाँ कर्मचारी भर्ना गर्दै
नबिल बैंकले माग्यो ६० जना कर्मचारी, ६ वटा बैंक तथा वित्तीय संस्थाले नयाँ कर्मचारी भर्ना गर्दै

Tata
GBIME
Nepal Life

काठमाडौ। नबिल बैंकले ६० जना कर्मचारी माग गरेको छ। बैंकले म्यानेजमेन्ट ट्रेनीमा १० र ट्रेनीमा ५० जना कर्मचारी माग गरेको छ।

म्यानेजमेन्ट ट्रेनीका लागि ब्यवस्थापनमा स्नातकोत्तर चाहिन्छ। एसिस्टेन्टका लागि स्नातक भए पुग्छ। यसका लागि मेरोजबबाट आवेदन दिनु पर्छ।

यसैगरी देब: विकास बैंकले पनि कर्मचारी माग गरेको छ। बैंकले अधिकृत, सुपरभाइजर, एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट माग गरेको छ। प्लस टुदेखि स्नातकसम्म उत्तिर्णहरुले आवेदन दिन पाउने छन्। यसमा पनि मेरोजबबाट आवेदन दिनु पर्छ।

यसैगरी कामना सेवा विकास बैंकले पनि कर्मचारी माग गरेको छ। बैंकले जुनियर अफिसरदेखि सिनियर असिस्टेन्टसम्म माग गरेको छ। यि पदहरुमा आवेदन दिन अनुभव पनि आवश्यक पर्छ। आवेदन सिधै बैंकको वेवसाइटबाट दिनु पर्छ।

सानिमा बैंकले रिलेसनसिप अफिसर/म्यानेजर माग गरेको छ। यसका लागि स्नातक उत्तिर्ण भएको हुनु पर्ने छ। 

नेपाल एसबिआइ मर्चेन्ट बैंकिङले पनि कम्चारी माग गरेको छ। सिनियर अफिसर तहको कर्मचारी माग गरेको हो। यसका लागि अर्थशास्त्र, सिए वा एमबिए वा एमबिएस गरेको हुनु पर्छ। आवेदन कम्पनीमा दिनु पर्ने छ।

यसैगरी राष्ट्रिय सहकारी बैंकले पनि विभिन्न तहमा ८९ जना कर्मचारी माग गरेको छ। बैंकले कनिष्ट सहायकदेखि सहायक अधिकृतसम्म माग गरेको छ। सुचना प्रविधिमा पनि कर्मचारी माग गरेको छ। प्सस टुदेखि स्नातकोत्तर उत्तिर्णसम्मले आवेदन दिन पाउने छन्। आवेदन कम्पनीको वेवसाइटमार्फत दिन सकिन्छ।