BIZMANDU
www.bizmandu.com

नेपाल लाइफ इन्स्योरेन्सले ब्रान्च म्यानेजर्स कन्फरेन्स गर्यो, उत्कृष्टलाई पुरस्कार

२०७६ भदौ २४

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम सम्पन्न गरेको छ।

कम्पनीले भदौ २१ देखि २४ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई पुरस्कृत समेत गर्यो।

कार्यक्रममा कम्पनीको भावी रणनीति निर्माण गरिनुका साथै विभिन्न उत्प्रेरणात्मक कार्यक्रम पनि सञ्चालन गरिएको कम्पनीले जनाएको छ।  

कम्पनीका अनुसार कार्यक्रममा एजेन्टतर्फ ५० र एजेन्सी म्यानेजरतर्फ ५० जनालाई नगदसहित पुरस्कृत गरिएको तथा  उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा एजेन्सी म्यानेजरतर्फको ‘एजेन्सी म्यानेजर अफ इयर’ अवार्डका लागि पहिलो हुने बिर्तामोड शाखाकी निर्मला खत्रीले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र पाइन्। यस्तै  दोस्रो हुने नयाँ बानेश्वर शाखाकी दुर्गाकुमारी खत्रीले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बिर्तामोड शाखाकै वेदनारायण गोदारले १ लाख नगदसहित सम्मान–पत्र हात पारे।

‘एजेन्ट अफ द इयर’ अवार्डका लागि पहिलो हुने नयाँ बानेश्वर शाखाका अच्युत पौडेलले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने बिर्तामोड शाखाकी प्रमिला बस्नेतले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बूढानीलकण्ठ शाखाका नैनबहादुर खत्रीले १ लाख नगदसहित सम्मान–पत्र हात पारे।

कर्मचारीतर्फको ‘वेष्ट पर्फमेन्स अफ द इयर’ अवार्ड विर्तामोड शाखाका अमेन्द्र कुमार कर्ण र ‘वेस्ट रिजनल म्यानेजर अफ द इयर’ अवार्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक टीकादत्त प्याकुरेललाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्ना कर्मचारी तथा एजेन्टहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष यस्ता सम्मान तथा उत्प्रेरण मूलक कार्यक्रमहरु गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए।

कम्पनीको चुक्तापूँजी जीवन बीमाक्षेत्रकै सर्वाधिक  ५ अर्ब ४९ करोड रहेको छ भने लगानी रू. ७२ अर्ब रुपैयाँ रहेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

कम्पनीको जीवन बीमा कोष ६७ अर्ब रुपैयाँ रहेको छ । १ लाख २८ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका करिब १ सय ८४ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएको  छ ।