BIZMANDU
www.bizmandu.com

पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोड रुपैयाँको आइपिओ निष्काशन गर्ने, चुक्ता पूँजी १० अर्ब पुग्ने

२०७६ भदौ २४

पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोड रुपैयाँको आइपिओ निष्काशन गर्ने, चुक्ता पूँजी १० अर्ब पुग्ने
पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोड रुपैयाँको आइपिओ निष्काशन गर्ने, चुक्ता पूँजी १० अर्ब पुग्ने


Tata
GBIME
Nepal Life

फाइल फोटो

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले एक अर्ब ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने भएको हो।

कम्पनीको हालको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ छ। प्राथमिक शेयर निष्काशनपछि चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ। प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धक आरबिबी मर्चेन्ट छ।

कम्पनीले गत आर्थिक वर्षको वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। नेपालका बीमा कम्पनी तथा विदेशी बीमा कम्पनीको पुर्नबीमा गर्दै आएको कम्पनीले गत वर्ष एक अर्ब १६ करोड रुपैयाँ नाफा गरेको थियो। अन्तर्राष्ट्रिय मान्यता पाउन कम्पनीको न्यूनतम चुक्ता पूँजी १० अर्ब रुपैयाँ हुनु पर्ने भएपछि गत वर्ष कम्पनीले ५ अर्ब रुपैयाँको पूँजीलाई ८ अर्ब ४० करोड रुपैयाँ पुर्याएको थियो।सर्वसाधारणको १६ प्रतिशत हिस्सा पुगेसँगै अन्तर्राष्ट्रिय मान्यता पाउन योग्य हुनेछ।

प्राथमिक शेयर निष्काशन पछि कम्पनीको शेयर संरचनामा नेपाल सरकारको हिस्सा ४३.५५ प्रतिशतबाट ३६.५८ प्रतिशतमा झर्नेछ भने सर्वसाधारणको १६ प्रतिशत हिस्सा कायम हुनेछ।

कम्पनीको शेयर पूँजी संरचना

नेपाल पुनर्बीमा कम्पनीको शेयर संरचना

शेयरधनी(रु.०००)

हालको

हिस्सा(%)

शेयर निष्काशनपछि

हिस्सा(%)

नेपाल सरकार

3658200

43.55

3658200

36.58

निर्जीवन बीमा कम्पनी

3224760

38.39

3224760

32.25

जीवन बीमा कम्पनी र अन्य

1517040

18.06

1517040

15.17

सर्वसाधारण शेयर पूँजी

0

0

1600000

16

जम्मा

8400000

100

10000000

100