BIZMANDU
www.bizmandu.com

बैंकहरुलाई ‘आइटी अडिट’ गर्न राष्ट्र बैंकको निर्देशन: यस्ता छन् राष्ट्र बैंकको तीन बुँदे सुझाब

२०७६ भदौ २४

बैंकहरुलाई ‘आइटी अडिट’ गर्न राष्ट्र बैंकको निर्देशन: यस्ता छन् राष्ट्र बैंकको तीन बुँदे सुझाब
बैंकहरुलाई ‘आइटी अडिट’ गर्न राष्ट्र बैंकको निर्देशन: यस्ता छन् राष्ट्र बैंकको तीन बुँदे सुझाब

Tata
GBIME
Nepal Life

काठमाडौं। चिनियाँहरुले नेपाली बैंकको प्रणाली ह्याक गरेर पैसा लुटेपछि नियामक नेपाल राष्ट्र बैंक सचेत देखिएको छ। राष्ट्र बैंकले मंगलबार सुचना प्रविधि प्रणालीमा अन्तरनिहित आन्तरिक एवं बाह्य सुरक्षाको जोखिम न्यूनीयकर तथा ब्यवस्थापनका लागि निर्देशन जारी गरेको छ।

आफ्नो वेवसाइट, मोबाइल एप, सामजिक सञ्जाल, वालवेर भाइरस, र्यानसोमवेरजस्ता बाह्यीय जोखिम नियन्त्रका लागि सचेत हुन सुझाब दिएको छ। स्पम, सिसिङ, स्पुफिङलगायतका माध्यमबाट अनुधिकृत पहुँच गरी सूचना चुहावट र आर्थिक चोरीको जोखिम रोक्नका लागि पेरिमिटर डिफेन्स, एसेज कन्ट्रोल, इनक्रिप्सन, एन्टीभाइरस, फायरवेलजस्ता प्राविधिक क्षमता सुदृढ गर्न निर्देशन दिइएको छ। 

राष्ट्र बैंकले सुचना आदनप्रदान गर्दा, भुक्तानी आदेश एवं सेवा प्रवाह गर्दा अवलम्बन गरेका प्रणालीको सत्यता जाँच गरेर मात्र गर्ने ब्यवस्था मिलाउन पनि निर्देशन दिएकोछ ।

कतिपय असम्बन्धित ब्यक्ति र स्थानबाट नक्कली पत्राचार एवं भुक्तानीको आदेश समेतबाट प्रयुक्त प्रणालीको दुरुपयोग गर्ने प्रयोस भइरहेको राष्ट्र बैंकले जनाएको छ। प्रणालीहरुको आवश्यकता अनुगमनको ब्यवस्था गर्ने र भएका इन्सिडेन्ट र आक्रमणको सुचना सम्बन्धित निकायमा दिने ब्यवस्था गर्न पनि भनिएको छ।

बैंकहरुलाई आइटीको सेकुरिटी अडिट गर्न पनि भनिएको छ। कर्मचारी र प्रयोगकर्ताको क्षमता बढाउन आवधिक ब्यवस्था गर्न पनि भनिएको छ।