BIZMANDU
www.bizmandu.com

शाओमीको ४८ एमपी ट्रीपल क्यामेरा एमआई ए-३ नेपालमा बिक्री सुरु, मूल्य २४ हजार रुपैयाँबाट सुरु

२०७६ भदौ २३

शाओमीको ४८ एमपी ट्रीपल क्यामेरा एमआई ए-३ नेपालमा बिक्री सुरु, मूल्य २४ हजार रुपैयाँबाट सुरु
शाओमीको ४८ एमपी ट्रीपल क्यामेरा एमआई ए-३ नेपालमा बिक्री सुरु, मूल्य २४ हजार रुपैयाँबाट सुरु


Tata
GBIME
Nepal Life

काठमाडौं। शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले एन्ड्रोइड वान–पावर्ड फोनको लाईनअपमा विश्वकै उच्चतम रिजोलुसन क्यामेरा सेटअप भएको नयाँ स्मार्टफोन एमआई ए-३ नेपाली बजारमा ल्याएको छ।

एमआई ए-३मा एमआई ए सिरिजको भन्दा डिजाइनमा केहि परिवर्तन गरिएको कम्पनीले जनाएको छ। यो फोनको सुरुवाती मूल्य २३ हजार ९ सय ९९ रुपैयाँ रहेको छ। कम्पनीका अनुसार फोनमा क्वालकम स्न्यापड्रेगन ६६५ चिपसेट, एमोल्ड सुपर डिस्प्ले, ४०३० एमएएच ब्याट्री, ४८ एमपी ट्रीपल क्यामेरा सेटअप र इन–स्क्रिन फिङगरप्रिन्ट स्क्यानर लगायतका सुविधा छन्। यो फोन गुगल एन्ड्रोइड वान प्रोजेक्टद्वारा संचालित हुन्छ र यसमा एन्ड्रोइड ९ पाई पनि छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “एमआई ए-३ को सार्वजनिकसँगै हामी हाम्रा एमआई फ्यानका लागि अविश्वसनीय विशेषताका साथ अर्को एन्ड्रोइड वान फोन ल्याउन पाउँदा निकै खुसी छौं। गुगल पार्टनर प्रोग्रामका निर्देशक जोन गोल्डले शाओमीसँगको साझेदारीमा एन्ड्रोइड वान पोर्टफोलियोमा अर्को उत्कृष्ट उपकरण थप्न उत्साहित भएको बताए।

फ्ल्यागसीप–लेबल ४८ एमपी एआई ट्रीपल क्यामेरा सेटअप एन्ड्रोइड वानबाट संचालित प्रत्येक एमई ए सिरिज उपकरणले स्टीलर क्यामेराको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।यो मोबाइलमा सोनीको ४८ एमपी आइएमएक्स ५८६सेन्सर, ८ एमपी अल्ट्रा वाइड र २ एमपी डेप्थ् सेन्सर लगायतका विशेषताहरु रहेको कम्पनीले जनायो। ४८ एमपी ठुलो आधा–इन्च सेन्सरले इमेजको गुणस्तर कायम राखेर अधिकतम विवरण संकलन गर्ने कम्पनीले जनाएको छ।

मोबाइल काइन्ड अफ ग्रे, नट जस्ट ब्लु र मोर देन ह्वाइट उपलब्ध रहेको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार ४ जीबी प्लस ६४ जीबी भेरियन्ट २३ हजार ९९९ रुपैयाँ र ६ जीबी प्लस १२८ जीबी भेरियन्ट २७ हजार ९९९रुपैयाँमा दराज डटकम र सस्तो डिलमार्फत किन्न सकिनेछ।