BIZMANDU
www.bizmandu.com

‘ट्यालेन्ट हन्ट’ का नाममा बैंकमा मनपरी कर्मचारी भर्ना गर्न नपाइने, कर्मचारी ऋणको जोखिम कम

२०७६ भदौ २३

‘ट्यालेन्ट हन्ट’ का नाममा बैंकमा मनपरी कर्मचारी भर्ना गर्न नपाइने, कर्मचारी ऋणको जोखिम कम
‘ट्यालेन्ट हन्ट’ का नाममा बैंकमा मनपरी कर्मचारी भर्ना गर्न नपाइने, कर्मचारी ऋणको जोखिम कम


Tata
GBIME
Nepal Life

काठमाडौ। अब बैंक तथा वित्तीय संस्थाहरुले 'ट्यालेन्ट हन्ट' को बाहनामा मनपरी कर्मचारी नियुक्त गर्न नपाउने भएका छन्। 

राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै ट्यालेन्ट हन्टका नाममा अपारदर्शी हिसाबले कर्मचारी भर्ना गर्ने प्रबृत्तिमाथि रोक लगाएको छ।

निर्देशनमा भनिएको छ- बैंक तथा वित्तीय संस्थाहरुले उत्कृष्ट कर्मचारी छनौट प्रकृयाबाट कर्मचारी भर्ना गर्नु पर्ने अवस्थामा निष्पक्षता र पारदर्शीता कायम हुने गरी अलग्गै कार्यविधि तर्जुमा गरी मात्र भर्ना गर्ने ब्यवस्था गर्नु पर्ने छ।

अहिले ट्यालेन्ट हन्टलाई बाहना बनाएर आफूले इच्छाएका ब्यक्तिहरुलाई कर्मचारीका रुपमा भर्ना गर्ने प्रबृत्ति हाबी हुँदै गएको थियो।

सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, एचआर प्रमुखहरु विभिन्न कलेजमा गएर प्रिजेन्टेसन दिने, त्यहीँबाट दुई/चार जना विद्यार्थी कर्मचारीका रुपमा टिपेर ल्याउने चलनजस्तो बनेको थियो। यसले गर्दा बास्तविक प्रतिस्पर्धिहरुले जागिर नपाउने अवस्था बन्दै गएको थियो। अब बैंकले कार्यविधि बनाउनु पर्ने छ।

राष्ट्र बैंकले बैंकका कर्मचारीहरुको ऋण सुविधामा पनि बैंकलाई सहुलियत दिएको छ। विगतमा बैकका कर्मचारीले लिने ऋण सुविधामा ६० प्रतिशत जोखिम भारित सम्पति कायम गर्नु पर्थियो। अब ५० प्रतिशत कायम गरे हुन्छ। 

यसको अर्थ हो- कर्मचारीलाई दिएको ऋण त्यतिधेरै जोखिमपूर्ण छैन। यसबाट बैंकको पूँजी कोष अनुपातमा बचत हुन्छ। त्यो जोखिम भार अरु ऋणमा प्रयोग गर्न सकिन्छ।